+
+

संसदीय छानबिन समितिलाई कांग्रेसले ‘बटमलाइन’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते ११:१०

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति ‘बटमलाइन’ बनाउने भएको छ ।

संसद्‌मा रहेका पूर्व र वर्तमान कांग्रेस पदाधिकारीको सोमबार बिहान बसेको बैठकले छानबिन समितिबाट नहट्ने निर्णय लिएको महामन्त्री गगन थापाले जानकारी दिए । ‘संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न हामी तयार नै छौं,’ महामन्त्री थापाले भने, ‘संसदीय छानबिन समिति बनाएर जाने सामान्य माग हो । सरकार यसमा संवेदनशील हुनुपर्छ भन्ने पोजिशन हाम्रो रहन्छ ।’

संसदीय छानबिन समितिका विषयमा शीर्ष तहको बैठकमा सबै एकमत रहेको थापाले जानकारी दिए ।

कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?