+
+

एपीएफको गोदाममा आगलागी घटनाबारे छानबिन गर्न गृहले बनायो अर्को समिति

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १७:३९

२७ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को सतुंगलस्थित केन्द्रीय गोदाममा भएको आगलागी घटना छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि मन्त्रालयका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको संयोजकत्वमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिव स्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र बरिष्ठ कम्युटर इन्जिनियर सुस्मा श्रेष्ठको समिति बनाइएको छ ।

समितिले १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने छ । आगलागीको कारण, क्षतिको विवरण र आगामी दिनमा यस्तो हुन नदिन गर्नुपर्ने कामहरुको बारेमा समेत सुझासहितको प्रतिवेदन पेश गर्नुपर्ने बताइएको छ।

सोमबार साँझ आगलागी भएको घटनामा यसअघ सशस्त्र प्रहरी बलले एआईजी वंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो । आगलागीबाट ठूलो मात्रामा बन्दोबस्तीका सामानहरु जलेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?