+
+

सुदूरपश्चिमका सभामुखले भने : समानुपातिक सांसद फिर्ता बोलाउने अधिकार पार्टीलाई हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १३:२६

२७ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले समानुपातिक सांसद पठाउने र फिर्ता बोलाउने अधिकार सम्बन्धित पार्टीको केन्द्रीय कमिटीमा निहित हुने बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरीलाई पार्टीले गरेको कारबाही सदर गरेपछि मंगलबार बिहान कांग्रेस र नाउपाका सांसदले संसदीय व्यवस्था ख्याल गर्न ध्यानाकर्षण गराएका थिए ।

लगत्तै सभामुख भण्डारीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै कानुनअनुसार समानुपातिक सांसद पठाउने र फिर्ता बोलाउने अधिकार सम्बन्धित राजनीतिक दलको केन्द्रीय कमिटीलाई हुने र गिरीको हकमा सोहीअनुसार निर्णय लिइएको बताएका हुन् ।

‘समानुपातिक सांसदको बन्द सूची पठाउने, सांसद पठाउने र फिर्ता बोलाउने अधिकार पार्टीको केन्द्रीय कमिटीलाई हुन्छ,’ सभामुख भण्डारीले भने, ‘उहाँ (गिरी) लाई फिर्ता बोलाइएको पत्र नाउपाको केन्द्रीय कमिटीले पठाएको थियो । राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार प्रदेश सभाले सूचना जारी गरेको हो ।’ भण्डारीले प्रदेश सभा बैठक नचलेको अवस्थामा सूचना जारी गरेर जानकारी दिने प्रावधानमा आफू गएको बताए ।

नाउपाले प्रदेश संसदीय दलको नेता परिवर्तन गरेको जानकारी आफूलाई प्राप्त भएको बताउँदै भण्डारीले सांसदले दल नेता चयन गर्ने कुरामा आफू प्रष्ट रहेको बताएका छन् । तर पार्टी र दलको छुट्टाछुट्टै निर्णय आएको अवस्थामा कानुनी सल्लाहअनुसार निर्णय लिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?