+
+

खुसीले ल्याइन गीतिसंग्रह ‘खुसीका रंगहरु’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १५:४७

काठमाडौं । गायिका खुसी थुलुङ्ग राईले नयाँ गीति संग्रह ‘खुसीका रंगहरु’ ल्याएकी छन् । उक्त गीति संग्रहमा समेटिएको म्युजिक भिडियो ‘प्रेमको अर्थ’लाई आयोजित समारोहमा पूर्वमन्त्री सुदन किरातीले सार्वजनिक गरे ।

उनले सार्वजनिक गीति संग्रहलाई सफलताको शुभकामना दिंदै किरातीले गीतसङ्गीत मन परेको प्रतिक्रिया दिए ।

‘म गीतसङ्गीत धेरै बुझ्दिन तर राम्रो आवाज भएका, कला भएका सर्जकलाई प्रोत्साहन गर्न उपस्थित हुन्छु । खुसी बहिनीले गीतसङ्गीतलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्छ, निकै सुमधुर स्वर रहेको छ’, पूर्वमन्त्री किरातीले भने ।

गीतसङ्गीतले समाज र राजनीतिज्ञलाई सजिलै रुपान्तरण गर्न विचार राख्दै सर्जकलाई निरन्तर सिर्जना गरिरहन आग्रह समेत गरे । गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन् ।

‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु । गीतसङ्गीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ’, गायिका खुसीले भनिन् ।

उनले सङ्ग्रहमा आठ गीत समावेश भएपनि पहिलो गीत ‘प्रेमको अर्थ’ मात्र सार्वजनिक गरेकी छिन् । गीतमा क्रान्ति सुब्बाको शब्द र हरि लम्सालको सङ्गीत छ । भिडियोमा रुक्मान लिम्बु र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् । मोडल लिम्बूले गीतको भावलाई पर्दा मार्फत प्रस्तुत गर्ने कोसिस गरेको बताइन ।

‘गीत सुनेपछि यसको दृश्यलाई तयार गरिएको हो । गीतले एक जोडीको कथा पेश गरेको छ । जहाँ केटाले केटीलाई माया गरेता पनि केटीले स्वीकार्न सकेकी हँुदिनन्, तर केटाको निस्वार्थ भावले केटी प्रेममा पर्छिन्, मोडल लिम्बुले भने । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?