+
+

क्लासिक टेकको ‘नव वर्ष, २५ महिना ढुक्क’ योजना सार्वजनिक  

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १९:२२

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ।

यस अफरमा ग्राहकले २०० एमबीपीएस वार्षिक जडान गर्दा २५ महिनासम्मको इन्टरनेट पाउने छन् । जसमा १३ महिना इन्टरनेट र १३ महिना आईपीटीभी सर्भिसमा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ ।

२०० एमबीपीएसको वार्षिक जडान खर्च मात्र ५६६ रुपैयाँ प्रति महिना रहेको छ । यस अफरमा २५ महिना बोनसका साथै ५Ghz डुअल ब्यान्ड राउटर र स्मार्ट सेट-टप बक्स पनि उपलब्ध हुनेछ।

साथै कम्पनी २४ घण्टा/७ दिन नै सेवा सुविधा दिँदै आएको पनि जानकारी गराइएको छ । उक्त अफरमा अन्तर्गत जेडटीई कम्पनीको राउटर र कारो टीभीको आईपीटीभी सर्भिस पाउने छन्।

कम्पनीले ग्राहकलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागिपनि रिचार्ज अफर ल्याएको छ । साथै ग्राहकले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?