+
+

कबड्डी संघ र नेसनल हस्पिटलबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते २३:२८

३० चैत, काठमाडौं । अखिल नेपाल कबड्डी संघ र काठमाडौँको कलंकी स्थित नेपाल नेशनल हस्पिटलबीच स्वास्थय सुविधासम्बन्धि सम्झौता भएको छ ।

नेशनल हस्पिटलका मेडिकल डाईरेक्टर डा. प्रकाश पौडेल र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

सम्झौता अनुसार हस्पिटलले कबड्डी खेलाडी, प्रशिक्षक, अफिसियललगायत कबड्डी  संघसंग सम्बन्धित र परिवारलाई स्वास्थ्य सुबिधा उपलब्ध गराउने छ ।

सम्झौतापछि कबड्डी संघका महासचिव झाले यस सहकार्यले खेलाडीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?