+
+

दयाहाङको जन्मदिनमा ‘डिग्री माइला’को शीर्ष गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते ११:४५

काठमाडौं । नयाँवर्ष २०८१ साल र अभिनेता दयाहाङ राईको जन्मदिनको सन्दर्भ पारेर शनिबार रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को शीर्ष गीत ‘म डिग्री माइला हो’ युट्युवमा सार्वजनिक भएको छ ।

झुमा लिम्बुको संगीत निर्देशनमा कम्पोज भएको गीतमा पवन गिरीको स्वर छ । लिम्बुसहित दीपा सुहाङ, संगीता रानापायलीको ब्याक भोकल छ । स्वप्निल स्मृतिले शब्द लेखेका छन् ।

फिल्मको एक महत्वपूर्ण कथानक घुम्तीमा यो गीत समावेश गरिएको छ । तपाईंले फिल्म हेर्नुभएको छ भने गीत मर्मस्पर्शी हुनसक्छ । रामबाबुको अघिल्लो फिल्म ‘जारी’मा पनि झुमाले संगीत दिएकी थिइन् ।

शुक्रबारदेखि रिलिज भएको यो फिल्ममा आँचल शर्मा र दयाहाङ राई लगायतको शीर्ष भूमिका छ । रिलिज भएदेखि उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्दै यो फिल्मले राम्रो कमाइ गरिरहेको छ । फिल्मलाई बाँसुरी फिल्म्सले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?