+
+

राजस्थानले पन्जाबलाई ३ विकेटले हरायो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते ६:२०

२ वैशाख, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ ।

पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले एक बल बाँकी हुँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।

राजस्थानका यसस्वी जैसवालले ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाए भने सिमरन हेटमेरले अविजित २७ रनको योगदान गरे ।

पन्जाबका कागिसो राबडा र साम कुरानले दुई/दुई तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो । जसमा अशुतोष शर्माले ३१, जितेश शर्माले २९, लिभिङटनले २१, अर्थभ टेडी र जोनी ब्रेस्टोले १५/१५ बनाए ।

राजस्थानका अभेस खान, केशव महाराजले दुई/दुई तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजभेन्द्र चाहालले एक/एक विकेट लिएका थिए ।

राजस्थान ६ खेलमा ५ खेल जित्दै १० अंकसहित शीर्षस्थानमा छ भने समान खेलबाट ४ अंकमात्रै जोडेको पन्जाब ८औं क्रममा छ ।

६ अंक जोडेका कोलकाता नाइटराइडर्स, चेन्नाइ सुपर किंग्स, लखनउ सुपर जायन्ट, सनराइज हैदराबाद र गुजरात टाइटान्स क्रमश: दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?