+
+

सन सेक्युरिटिजको अनलाइन भिडियो केवाईसी प्रणाली सञ्चालन

६६४ रुपैयाँमा डिम्याट खाता खोल्नेलाई आजीवन नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १७:५५

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा सन सेक्युरिटिज (ब्रोकर नं. ६४) ले खाता खोल्नका लागि भिडियो केवाईसी प्रणाली सञ्चालनमा ल्याएको छ ।

भिडियो केवाईसीको माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा ल्याइएको कम्पनीले जनाएको छ । यो सुविधाले विदेशमा रहेका नागरिकले पनि सहजै खाता खोल्न सक्ने छन् ।

त्यस्तै कम्पनीले ‘एक नेपाली एक ब्रोकर खाता’को पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘मिसन ०८४’ योजना  ल्याएको छ ।

‘यस योजनाअन्तर्गत ग्राहकले ६६४ रुपैयाँमा डिम्याट खाता खोलेर आजीवन डिम्याट नवीकरण सेवा पाउने छन्’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार कारोबार खाता खोल्ने ग्राहकहरुले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर सेवा पाउने छन् ।

‘कारोबार खाता तथा डिम्याट खाता खोली १ वर्षभित्र १० पटक सेयर खरिद बिक्री गर्ने ग्राहकको डिम्याट खाता तथा मेरो शेयर खाता सन सेक्युरिटिजले हरेक वर्ष निःशुल्क नवीकरण गरिदिनेछ’ कम्पनीले भनेको छ ।

कम्पनीले निशुल्क बीओटु बीओ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले अर्को डिम्याट खातामा रहेको आफ्नो नामको सेयर सन सेक्युरिटिजमा डिम्याट खाता खोलेर यसमै ट्रान्सफर गर्न चाहेमा निःशुल्क सेवा दिनेछ । एउटै व्यक्तिको एक डिम्याटमा भएको सेयर अर्को डिम्याटमा लैजाने प्रक्रियालाई बीओ टु बीओ भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?