+
+

सेती नदीको खोँचमा खसेका युवकको शव सशस्त्र प्रहरीले निकाल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १७:२२

३ वैशाख, काठमाडौं । सेती नदीको खोँचबाट सशस्त्र प्रहरी बलले शव निकालेको छ ।

१ वैशाखदेखि हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको १ सय ५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो निकालेको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ बर्षका जगत पुन बैशाख १ गतेदेखि हराएका थिए ।

उनी सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित नं. २४ कालिका गणलाई खबर गरेका थिए ।

खवर प्राप्त भएपश्चात खटिएको गोताखोरले सेती नदीको १ सय ५० मिटर गहिरो खोँचबाट पुनको शव निकालेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?