+
+

कास्कीको रुपामा आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १३:४४

४ वैशाख, पोखरा । अहिलेसम्म स्वास्थ्य बीमाको सुविधा लिन कास्कीका ४ वटै गाउँपालिकावासी पोखराकै अस्पतालमा धाउनुपर्ने बाध्यता थियो । घन्टौं लगाएर जानुपर्ने र घन्टौं लाइन लागेर स्वास्थ्य बीमाको सेवा लिनुपर्ने बाध्यताबाट अब भने कास्कीको रुपा गाउँपालिबासी मुक्त हुने भएका छन् ।

पालिकास्तरबाटै पहिलो पटक रुपाले आफ्नै १५ शय्याको अस्पताल निर्माण गरेर सेवाग्राहीले त्यहीँबाट स्वास्थ्य बीमा कार्यक्रमको सुविधा लिने व्यवस्था मिलाएको हो । आफैंले सञ्चालन गरिरहेको २ जना विशेषज्ञ डाक्टर र १८ जना स्वास्थ्यकर्मीसहितको अस्पतालबाट पालिकाले स्वास्थ्य बीमा कार्यक्रमको सुविधा दिन सम्झौता गरेको छ ।

रुपा गाउँपालिका र बीमा बोर्डबीच सोमबार सम्झौता भएको छ। १ महिनाभित्र कार्यक्रम सञ्चालन गर्ने गरी बोर्डका कार्यकारी निर्देशन डा. दामोदर बसौला र पालिका अध्यक्ष नवराज ओझाबीच सम्झौता भएको हो ।

अहिलेसम्म पालिकामा १ हजार २३० जना स्वास्थ्य बीमा कार्यक्रमसँग जोडिएका छन् भने विपन्न परिवारलाई पालिका आफैंले बीमा गरिदिने नीति पनि लिइएको अध्यक्ष ओझाले जानकारी दिए ।

रुपा गाउँपालिकाले बीमा गरेका नागरिककै पालिकाकै अस्प्तालबाट सुविधा उपलब्ध गराउने ओझाले बताए ।

पालिकाकै बनेको अस्पतालले एकातिर विशेषज्ञसहितको सुविधा र अर्कोतिर बीमाको सुविधा पनि थपेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । यहाँको अस्पतलमा दैनिक ९० जनासम्मले स्वास्थ्य सुविधा लिँदै आएको अध्यक्ष ओझाले जानकारी दिए ।

नागरिकलाई पालिकाकै अस्पातलमा उपचार गराउन निशुल्क एम्बुलेन्स सुविधासमेत दिइरहेको छ भने त्यहाँबाट पोखराका अस्पतालमा रिफर गर्न ५ सय रुपैयाँमात्र लिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?