+
+

मुख्यमन्त्रीमा दाबी पेस गरेका नाउपाका लक्ष्मणकिशोरले मागे प्रदेश प्रमुखसँग कागज पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १७:३३

४ वैशाख, धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुखलाई भेटेका छन् ।

कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीले एकीकृत समाजवादीले समर्थन नरहेको पत्र बुझाएपछि प्रदेश प्रमुख नजिर मियाँलाई निवासमै पुगेर भेटेका हुन् ।

चौधरीले प्रदेश प्रमुखलाई भेटेर आफूले दाबी पेश गर्दा बुझाएको कागज पत्रको प्रतिलिपि माग गरेको बताए । ‘उहाँ (प्रदेश प्रमुख)ले समय बढाउने भएपछि मैले मुख्यमन्त्रीमा दाबी गर्दा पेश गरेका कागज पत्रको प्रतिलिपि मागेको छु,’ चौधरीले भने, ‘प्रदेशलाई जबरजस्ती संविधानमा भएको व्यवस्था विपरीत लैजाने काम भएको छ । कानुनी उपचार खोजिन्छ ।’

चौधरीले प्रदेश प्रमुखको कदमअनुसार आवश्यक निर्णय लिइने बताएका छन् । २ वैशाखमा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

नाउपाकै कैलाश चौधरीले पनि एमाले–माओवादीको समर्थनमा दाबी पेश गरेका थिए । सोही कारण प्रदेश प्रमुखले कुनै निर्णय लिएका छैनन् ।

केन्द्रमा नेताहरूबीच एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएपछि संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै लक्ष्मणकिशोरलाई समर्थन नरहेको बताएका थिए ।

प्रदेश प्रमुखले दुवैको दाबी नपुगेको भन्दै सरकार गठनका लागि पुनः आह्वान गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?