+
+

जनमतको अवरोधपछि मधेश प्रदेश सभा बैठक फेरि १० मिनेट स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १९:२८

४ वैशाख, जनकपुरधाम । जनमत पार्टीको अवरोध पछि मधेश प्रदेश सभाको बैठक फेरि १० मिनेटका लागि स्थगित भएको छ ।

दिउँसो २ बजे बसेको बैठक जनमतकै विरोधपछि १० मिनेटको लागि स्थगित गरिएको भए पनि प्रदेश सभा बैठक साँझ ७ बजे मात्रै बस्यो ।

दोस्रो पटक बसेको बैठकको सुरुमै जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले राजविराज घटनाको छानबिन समिति गठन गर्न सरकार तयार नरहेकाले सदन चल्न नदिने बताए । उनले बोलेपछि जनमतका सांसदहरू नाराबाजी गर्न थालेका थिए ।

माग पूरा गर्न मुख्यमन्त्री तयार रहेकाले बस्न सभामुख रामचन्द्र मण्डलले आग्रह गरे । सभामुख मण्डलले मुख्यमन्त्री संसदीय समिति मार्फत नै छानबिन गर्न तयार भएको जानकारी गराउँदा समेत जनमतले नाराबाजी गर्न बन्द गरेन । त्यसपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ ।

आजको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?