+
+

फुल चार्जमा ६२० किलोमिटर कुद्ने ‘स्काइवेल ईटी ५’ नेपालमा (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १९:२९

काठमाडौं । नेपालमा सबैभन्दा धेरै ‘माइलेज’ दिने दाबी गरिएको स्काइवेल ब्रान्डको विद्युतीय कार भित्रिएको छ ।

नेपालका लागि स्काइवेलको आधिकारिक विक्रेता जी मोटर्सले बिहीबार भक्तपुर राधेराधेस्थित शोरुमबाट स्काइवेलको ‘ईटी ५’ मोडेलको विद्युतीय कार सार्वजनिक गरेको हो ।

नेपालस्थित चिनियाँ दूतवासका इकोनोमिक एन्ड कमर्सियल कन्सुलर सि यू, स्काइवेलका प्रतिनिधि थोमस जु र जी मोटर्स प्रालिका अध्यक्ष दुर्गाप्रसाद गेलाले संयुक्त रूपमा ईटी ५ सार्वजनिक गरे ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार स्काइवेल प्रिमियम नेपालमा अहिले भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै माइलेज दिने सवारी हो ।

‘६ सय २० किलोमिटर दुरी एक सिंगल चार्जमा तय गर्ने र ८६ किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने छ,’ गेलालले भने ।

स्काइवेल ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) हुने स्काइवेलका उत्पादक कम्पनीका प्रतिनिधि थोमस जुले बताए ।

उनका अनुसार १ सय ५० किलोवाट मोटर क्यापासिटी, सेफ्टीमा ५ स्टार रेटिङ रहेको छ । यस्तै अटो पार्किङ, मेट्रिक्स लेजर हेडलाइट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ मुख्य विशेषता छन् । यस्तै दुईवटा लक्जरी फोल्डेबल सिट पनि यो गाडीमा रहेको विशेषता हो ।

स्काइवेल ईभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ ।

यो कार विशेषगरी इन्टिलिजेन्ट स्टाइलिङ, इन्जोयमेन्ट, कनेक्टिभिटी, ड्राइभिङ, सेक्युरिटी, इलेक्ट्रोनिक र जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको कम्पनीले जनाएको छ । यसको उच्च गति १ सय ६० किलोमिटर प्रतिघन्टा भन्दा बढीे छ ।

स्काइवेल ईटी ५ को मूल्य नेपाली बजारमा १ करोड ९ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

जी मोटर्सको अफर यस्तो छ

ईटी ५ कार सार्वजनिक गर्दै जी मोटर्सले एक वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा वैशाखभरि रहेको कम्पनीले जनाएको छ ।

प्रबन्ध निर्देशक गेलालका अनुसार स्काइवेलका ईभी जर्मनी, इजरायल, टर्की, रुसलगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । जी मोटर्सले २०७४ सालबाट नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ । जी मोटर्सले काठमाडौं र इटहरीमा आठभन्दा बढी शोरुम छ ।

तस्वीर/भिडियो : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?