+
+

हङकङविरुद्ध नेपालको खराब सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १७:०१

८ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको प्रतिस्पर्धामा हङकङसँग खराब सुरुवात गरेको छ ।

अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा ४ विकेट गुमाउँदै ५१ रन बनाएको छ । सन्दीप जोरा ८ र कुशल मल्ल १ रन बनाएर क्रिजमा छन् ।

नेपालका ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ५, सोमपाल कामी १२ र कप्तान रोहित २१ रनमा आउट भए । खराब लयबाट गुज्रिएका ओपनर कुशल भुर्तेल आज पनि चल्न सकेनन् ।

तीव्र गतिका बलर आयुश शुक्लाको पहिलो ओभरको दोस्रो गुड लेन्थको बलमा विकेटकिपर जिसान अलीबाट भुर्तेल क्याच आउट हुन पुगे । उनी लगातार तीन खेलमा शून्यमा आउट भएका हुन् । यसअघि समूह चरणमा साउदी अरेविया र सेमिफाइनल खेलमा युएईसँग शून्यमै आउट भएका थिए ।

कुशल आउट भएपछि तेस्रो नम्बरमा सोमपाल कामीलाई पठाएको थियो । सोमपाल शुक्लाको बलमा ७ बलमा २ चौका प्रहार गर्दै आउट भए ।

ओपनर आसिफ शेख शुक्लाको पाँचौं ओभरको पाँचौं बलमा खराब सट खेल्दै क्याच आउट भएपछि नेपाल ३२–३ को अवस्थामा पुगेको थियो ।

युएईसँगको खेलमा १८ बलमा ५ रन बनाउँदै आउट भएका कप्तान रोहित आज पनि चल्न सकेनन् । अतिक इकबालको आठौं ओभरको पाँचौं बलमा रोहित २१ रनमा एलबीडब्लू आउट भए । रोहितले १९ बलमा २ चौका प्रहार गरे ।

यस खेलको विजेताले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?