+
+

रोहित बने नेपालबाट टी-२० आईमा सर्वाधिक कप्तानी गर्ने खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १९:२५

८ वैशाख, काठमाडौं । युवा ब्याटर रोहित पौडेल नेपालबाट टी-२० आईमा सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बनेका छन् ।

रोहितले एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङविरुद्ध खेलबाट उक्त कीर्तिमान बनाएका हुन् ।

२०२३ देखि रोहितले नेपालबाट हालसम्म २८ खेलमा कप्तानी गरेका छन् । उनले पूर्वकप्तान पारस खड्कालाई २७ खेलको कप्तानीलाई पछि पारेका हुन् ।

रोहितको कप्तानीमा २८ टी-२० आईमा नेपाल १६ मा जित र ९ मा हार व्यहोरेको थियो । गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप छनोट ए को सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुर्याउनु रोहितको टी-२० आईमा कप्तानीमा ठूलो उपलब्धी मानिन्छ ।

पारसले २०१४ देखि २०१९ सम्म २७ खेलमा कप्तानी गर्दा नेपाल ११ खेलमा जित र १५ खेलमा पराजित भएको थियो । ज्ञानेन्द्र मल्लले २०१९ देखि २०२१ सम्म १२ खेलमा कप्तानी गर्दा ९ मा जित र ३ खेलमा हार व्यहोरेका थिए ।

सन्दीप लामिछानेले २०२२ मा १८ खेलमा कप्तानी गर्दा १३ मा जित र ५ खेलमा हार व्यहोरेका थिए । रोहित नेपालबाट ओडीआईमा २०२२ देखि हालसम्म ३६ खेलमा कप्तानी गरी सकेका छन् । नेपालबाट ओडीआईमा पारस खड्काले ६, ज्ञानेन्द्रले १० र सन्दीपले १४ खेलमा कप्तानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?