News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा सहभागी हुने निर्णय गरेको छ।
- सिरिजमा पाकिस्तान शाहीन्स र बंगलादेशको ए टोली समेत सहभागी छन्, जसमा विभिन्न अन्तर्राष्ट्रिय खेलाडीहरू छन्।
- नेपालले यस सिरिजबाट ६ वटा टी–२० खेल खेल्नेछ र यसले आगामी विश्वकप तयारीमा मद्दत पुर्याउनेछ।
१७ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीले खेल्न जान लागेको अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा पाकिस्तान शाहीन्स (पाकिस्तान ए) र बंगलादेशको ए टोली पनि सहभागी हुने भएका छन् ।
नेपालले आउँदो १४ देखि २४ सम्म टी–२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड सिरिजमा सहभागी हुन लागेको हो ।
नेपालसहित ४ अन्तर्राष्ट्रिय टिम, ६ अष्ट्रेलियाका राज्य प्रतिनिधित्व गर्ने घरेलु टिम र स्थानीय टिम एनटी स्ट्राइक सहित कुल ११ टिम यसमा सहभागी हुने छन् ।
पाकिस्तान शाहीन्सको टोलीबाट हेदर अली, शाहनवाज दाहानी, अब्दुल समादलगायतका खेलाडीहरूले यसअघि खेलेका छन् । त्यस्तै बंगलादेश ए को टोलीबाट मोहमद नइम, तोहिद रिदोएलगायतका खेलाडीहरूले खेलेका छन् ।
नेपालले उक्त सिरिजमा कम्तीमा ६ वटा टी–२० खेलहरू खेल्नेछ जुन् खेलहरू डिएक्ससी एरेना, टीआईओ स्टेडियम र काजाली एरेनामा हुनेछ। अष्ट्रेलियाको मैदानमा प्रतिस्पर्धा गर्नु नेपाली खेलाडीका लागि ठूलो अवसर हुने क्यानले जनाएको छ ।
नेपालले अक्टोबरमा आईसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया पेसिफिक छनोट खेल्दै छ । त्यसको तयारीका लागि पनि यो सिरिज महत्वपूर्ण हुनेछ। नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि ऐतिहासिक टी-२०आई शृंखला खेल्दै छ ।
गत वर्षको टप एन्ड टी–२० सिरिज १२९ भन्दा बढी देशमा प्रशारण भएको थियो, जसले लाखौं दर्शक संख्या प्राप्त गरेको थियो।
प्रतिक्रिया 4