News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले एसियन गेम्सका लागि ३१ खेलको सूची दर्ता गराएको छ।
- ओलम्पिक कमिटीले २२ खेलको सूची दर्ता गरेको भए पनि विवादले नेपाली खेलकुदमा अनिश्चितता बढाएको छ।
- मन्त्री तेजुलाल चौधरीले अवैध गतिविधि नभएको र सरकारी निकायबाटै खेल सूची दर्ता भएको बताए।
१७ असार, काठमाडौं । आगामी वर्ष जापानको आइची नागोयामा हुने २०औं एसियन गेम्सका लागि युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीबाट दुई फरक खेल सूची दर्ता भएको छ ।
पछिल्लो समय मन्त्रालय र ओलम्पिक कमिटीबीच पानी बारबारको स्थिती रहेकोमा एसियन गेम्सका लागि दुई फरक निकायबाट फरक खेल सूची दर्ता हुनुले नेपाली खेलकुद झन् अन्योलतर्फ अगाढि बढेको छ ।
२०२६ मा जापानको आइची नागोयामा हुने २०औं एसियन गेम्सका लागि २०२५ जुन ३० सम्मका लागि खेल दर्ता गर्ने समयसिमा थियो । एसियन गेम्स लगायत ओलम्पिक जसत् ठूलो खेल मेलामा ओलम्पिक कमिटीले खेल दर्ता गर्ने प्रावधान छ ।
तर नेपालमा खेलकुद मन्त्रालय र ओलम्पिक कमिटीबीचको विवादले दुई फरक निकायबा६ खेल दर्ता गर्नुपर्ने स्थिती बएको हो । मंगलबार दिउँसो ओलम्पिक कमिटीले पत्रकार समम्लन गरेर नै एसियन गेम्सका लागि ३० खेलको नाम दर्ता गरेको जनाएको थियो ।
तर त्यसको केही बेरपछि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेल परिषदले विज्ञप्ती जारी गर्दै अवैध ओलम्पिक कमिटीका अनुरोधलाई कानुन अनुसार मान्यता दिन नसक्ने भएपछि र उक्त प्रतियोगितामा सहभागी

हुन चाहने ३१ वटा खेल संघको खेल सम्बन्धित निकायमा दर्ता गरिएको जानकारी दिएको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अवैध ओलम्पिक कमिटीबाट गरेको कुनै पनि कार्य वैध नहुने भएकोले सरकारी निकायबाट नै एसियन गेम्सका लागि खेलको सूची दर्ता गराएको अनलाइनखबरलाई जानकारी दिए । ‘हामीले परराष्ट्र मन्त्रालय, राजदुतावास मार्फत असार १६ मै खेलसूचीको नाम दर्ता गराएका छौं’ मन्त्री चौधरीले भने ।
यता ओलम्पकि कमिटीका अध्यक्ष श्रेष्ठले भने २०औं एसियन गेम्सका लागि खेल दर्ता गर्न मन्त्रालय र राखेपमा पत्र पठाएपनि त्यसको कुनै जवाफ नआएकोले खेल संघमार्फत नै दर्ता प्रकृया अघि बढाएको र त्यसका लागि ३० खेलले नाम पठाएको बताए । ‘उल्लेखित समयसीमा भित्र खेल संघहरुलाई खेल दर्ता गर्न पत्र लेखी पठाएको र तोकिएको समयमा आएका ३० खेलहरुको दर्ता भएको छ’ श्रेष्ठले भने ।

पछिल्लो समय मन्त्रालय र ओलम्पिक कमिटीबीचको मुद्दा पेचिलो बन्दै जाँदा यसको मारमा नेपाली खेलकुद परेको छ । खेल संघ र खेलाडीहरु यसबाट अन्योलमा छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीएल) ले पनि मंगलबार बिहान प्रेस रिलिज जारी गर्दै दुई निकायको विवदले गर्दा खेलाडी मारमा पर्ने सम्भावना बढेको भन्दै ध्यानाकर्षण गराएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयबाट दर्ता भएको खेल सूची : एथ्लेटिक्स, बक्सिङ, क्रिकेट, तेक्वान्दो, कबड्डी, कराते, इस्पोर्ट्स, उसु, जिम्न्यास्टिक, पौडी, जुडो, टेबलटेनिस, भलिबल, साइक्लिङ, इक्वेस्ट्रिन, फुटबल, फेन्सिङ, गल्फ, सुटिङ, टेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, बास्केटबल, ब्याडमिन्टन, हक्की, सफ्ट टेनिस, ह्याण्डबल, स्क्वास, रग्वी र रोविङ छन् ।
ओलम्पिक कमिटीबाट दर्ता भएको खेलसूची : एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिन एण्ड डान्स स्पोर्ट्स, बेसबल तथा साफ्टबल, र्याफ्टिङ तथा क्यानोइ, कुराश, क्रिकेट, साइकलिङ, ई–स्पोर्ट्स, गल्फ, हक्की, जुडो, कबड्डी, कराँते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ, स्क्वाश, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, वेटलिफ्टिङ, रेस्लिङ र उसु
दुवैतर्फबाट नाम दर्ता भएको खेलको सूची संख्या २२ रहेको छ जसमा एथ्लेटिक्स, बक्सिङ, क्रिकेट, कबड्डी, कराते, इस्पोर्ट्स, उसु, पौडी, जुडो, टेबलटेनिस, भलिबल, साइक्लिङ, गल्फ, टेनिस, भारोत्तोलन, कुस्ती, बास्केटबल, ब्याडमिन्टन, हक्की, सफ्ट टेनिस, स्क्वास, रग्वी
मन्त्रालयबाट मात्र दर्ता भएको खेल : तेक्वान्दो, फुटबल, जिम्न्यास्टिक, इक्वेस्ट्रिन, फेन्सिङ, सुटिङ, ट्रायथलन, ह्याण्डबल, रोविङ
ओलम्पिक कमिटीबाट मात्र दर्ता भएको खेल : आर्चरी, ब्रेकिन एण्ड डान्स स्पोर्ट्स, बेसबल तथा साफ्टबल, र्याप्टिङ तथा क्यानोइ, कुराश, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ
प्रतिक्रिया 4