+

२०औं एसियन गेम्सका लागि खेलकुद मन्त्रालयबाट पनि ३१ खेलको नाम दर्ता

२०८२ असार  १७ गते १७:२५ २०८२ असार १७ गते १७:२५
२०औं एसियन गेम्सका लागि खेलकुद मन्त्रालयबाट पनि ३१ खेलको नाम दर्ता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा तथा खेलकुद मन्त्रालयले एसियन गेम्सका लागि ३१ खेलको नाम दर्ता गराएको छ
  • अवैध ओलम्पिक कमिटीको अनुरोधलाई मान्यता नदिई सरकारी निकायबाट नाम दर्ता गरिएको मन्त्री तेजुलाल चौधरीले बताए।
  • दुवै निकायबाट दर्ता भएका खेलहरूमा फरक फरक खेलहरू रहेका छन् ।

१७ असार, काठमाडौं । आगामी वर्ष जापानको आइची नागोयामा हुने २०औं एसियन गेम्सका लागि सरकारको तर्फबाट पनि ३१ खेलको नाम दर्ता भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट प्राप्त भएको युवा तथा खेलकुद मन्त्रालयको नाममा जारी भएको विज्ञप्तीमा अवैध ओलम्पिक कमिटीका अनुरोधलाई कानुन अनुसार मान्यता दिन नसक्ने भएपछि र

उक्त प्रतियोगितामा सहभागि हुन चाहने ३१ वटा खेल संघको खेल सम्बन्धित निकायमा दर्ता गरिएको जानकारी दिएको छ । मंगलबारै दिउँसो ओलम्पिक कमिटीले पनि पत्रकार समम्लन गरेर समयसिमा भित्र ३० खेलको नाम दर्ता गरेको जानकारी गराएको छ ।

दुई तिरबाट नाम दर्ता गर्दा केही खेल संघहरु फरक परेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अवैध ओलम्पिक कमिटीबाट गरेको कुनै पनि कार्य वैध नहुने भएकोले सरकारी निकायबाट नै एसियन गेम्सका लागि खेलको सूची दर्ता गराएको अनलाइनखबरलाई जानकारी दिए ।

‘हामीले परराष्ट्र मन्त्रालय, राजदुतावास मार्फत असार १६ मै खेलसूचीको नाम दर्ता गराएका छौं’ मन्त्री चौधरीले भने । एसियन गेम्सका लागि जुन ३० सम्म खेल नाम दर्ता गर्ने मिति समयसीमा थियो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पत्रकार सम्मेलनमा समयसीमाभित्र ३० खेल संघले एसियन गेम्सका लागि नाम दर्ता गर्नका लागि पत्र पठाएकोले यति खेलको नामदर्ता भएको जानकारी दिएका थिए ।

नेपाली खेलकुदमा पछिल्लो समय सरकार र ओलम्पिक कमिटीबीच देखिएको विवादले एसियन गेम्सका लागि दुई निकायबाट खेलको सूची दर्ता हुने अवस्था सम्म आएको छ ।

एसियन गेम्सका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत दर्ता भएको नाममा एथ्लेटिक्स, बक्सिङ, क्रिकेट, तेक्वान्दो, कबड्डी, कराते, इस्पोर्ट्स, उसु, जिम्न्यास्टिक, पौडी, जुडो, टेबल
टेनिस, भलिबल, साइक्लिङ, इक्वेस्ट्रिन, फुटबल, फेन्सिङ, गल्फ, सुटिङ, टेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, बास्केटबल, ब्याडमिन्टन, हक्की, सफ्ट टेनिस, ह्याण्डबल, स्क्वास, रग्वी र रोविङ छन् ।

यस्तै ओलम्पिक कमिटीबाट दर्ता गरिएका खेलहरूमा एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिन एण्ड डान्स स्पोर्ट्स, बेसबल तथा साफ्टबल, र्याफ्टिङ तथा क्यानोइ, कुराश, क्रिकेट, साइकलिङ, ई–स्पोर्ट्स, गल्फ, हक्की, जुडो, कबड्डी, कराँते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ, स्क्वाश, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, वेटलिफ्टिङ, रेस्लिङ र उसु छन् ।

२२ खेल दुवैतर्फबाट दर्ता भएका छन् भने मन्त्रालयबाट ९ फरक खेल दर्ता भएको छ । यस्तै ८ खेल ओलम्पिक कमिटीबाट मात्र दर्ता भएको छ ।

मन्त्रालयले दर्ता गरेको खेलको सूची
२०औं एसियन गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय