+

एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास

२०८२ जेठ  १९ गते १२:१२ २०८२ जेठ १९ गते १२:१२
एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
  • उनीले २०१२ देखि १४९ खेल खेल्दै ३,९९० रन र ७७ विकेट लिएका थिए, सन् २०१५ र २०२३ को विश्वकप जितेका छन्।
  • म्याक्सवेलले अब नयाँ खेलाडीलाई मौका दिने समय भएको बताए।

१९ जेठ, काठमाडौं । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास‍को घोषणा गरेका छन्। उनले सोमबार एक पोडकास्टमार्फत सन्यासको निर्णय लिएको खुलाएका हुन् ।

२०१२ मा अफगानिस्तानविरुद्ध डेब्यू गरेका म्याक्सवेलले १४९ एकदिवसीय खेल खेल्दै ३,९९० रन बनाएका छन् । उनको औसत ३३.८१ र स्ट्राइक रेट १२६.७० रहेको छ। बलिङतर्फ उनले ७७ विकेट लिएका छन् भने ९१ क्याच समेत लिएका छन्।

एकदिवसीयमा चार शतक र एक दोहोरो शतक बनाएका उनले अस्ट्रेलियाका लागि सन् २०१५ र सन् २०२३ को एकदिवसीय विश्वकप जितेका छन् ।

म्याक्सवेल मोडर्न क्रिकेटमा नवीन शटहरूका लागि परिचित छन् । उनी रिभर्स शटलगायतका इनोभेटिभ शट खेल्न माहिर खेलाडी हुन् ।

उनले सन् २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध कठिन परिस्थितिका बीच २०१ रनको अविजित पारी खेलेका थिए जुन् सर्वकालीन महान पारीमध्येको एक बनेको छ ।

‘मैले चयन समिति अध्यक्ष जर्ज बेलीसँग राम्रो कुरा गरें, हामीले २०२७ विश्वकपबारे छलफल गर्यौं’ उनले पोडकास्टमा भनेका छन्, ‘म त्यो विश्वकप खेल्छु जस्तो लाग्दैन, अब मेरो स्थानमा अरूलाई मौका दिने समय आएको छ।’

‘मैले जहिले पनि भनेको थिएँ, जबसम्म आफूलाई खेल्न सक्ने योग्य लाग्दछ, तबसम्म मात्र खेल्नेछु। केवल केही सिरिजका लागि खेलिरहनु स्वार्थी निर्णय जस्तो लाग्थ्यो’ उनले अगाडि थपे ।

म्याक्सवेल टी-२० भने खेलिरहने छन् । आगामी वर्ष हुने टी-२० विश्वकप उनका लागि अन्तिम हुन सक्छ। उनले अस्ट्रेलियाका लागि सन् २०२१ को टी-२० विश्वकप पनि जितेका छन् ।

ग्लेन म्याक्सवेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय