 
																			१० वैशाख, जनकपुरधाम । धनुषामा आगलागीमा जलेर एक महिलाको मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका- १ भगवानपट्टीमा स्थानीय ४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएपछि जलेको अवस्थामा उनको शव भेटिएको हो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4