+
+

‘एक्टर’को शुभसाइत, पहिलोपटक फिल्मको समारोहमा देखिइन् दिव्या रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १२:०९
फिल्म 'एक्टर'को शुभसाइत समारोहमा अभिनेत्री दिव्या रायमाझी (बायाँ), अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मा

काठमाडौं । छायांकनअघि प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर’को मंगलबार शुभमुहूर्त गरिएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा आयोजित पूजा समारोहमा फिल्मका कलाकार र प्राविधिकले सहभागिता जनाए ।

प्रदीपसहित यो फिल्मबाट डेब्यु गर्न लागेकी अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या पनि समारोहमा थिइन् । आकाशे रंगको कुर्थामा सजिएकी दिव्या र अर्की अभिनेत्री आना शर्माले पनि पूजाआजा गरे ।

दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो । समारोहमा अर्का अभिनेता दिव्यदेव पन्त पनि सहभागी थिए ।

वैदिक विधिअनुसार यज्ञसहितको पूजा गरिएको निर्माता थमन भण्डारीले बताए । उनका अनुसार यो फिल्मको छायांकन वैशाख २० गतेदखि मुस्ताङ, पोखरा र काठमाडौंमा हुनेछ ।

यो मल्टिस्टारर फिल्ममा सुशील सिटौला पनि महत्वपूर्ण भूमिकामा छन् । राजन भुसालले निर्देशन गर्ने यो फिल्मले नेपाली फिल्म अभिनेताको संघर्ष र उसको रोमान्सको यथार्थ पाटो चित्रण गर्छ ।

डेब्यु निर्देशक राजन भुसालले आकाश बरालसँग मिलेर यो फिल्मको पटकथा लेखेका हुन् । थमन भण्डारी र एनिश भुसालले निर्माण गर्न यो फिल्म अदृत फिल्म्स र अमोती फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?