+
+

नेप्सलाई खरिद गर्ने प्रस्ताव एनसीएचएलको साधारणसभाबाट पारित

सेयर अनुपात १ सय बराबर २८ कायम

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १५:३३

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को विशेष साधारणसभाले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) लाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

नेप्सको १०० सेयर बराबर एनसीएचएलको २८ कित्ता कायम हुने गरी प्राप्ति गर्ने प्रस्ताव पारित भएको एनसीएचएलले जनाएको छ ।

कम्पनीका अनुसार अब नेपाल राष्ट्र बैंकको विद्यमान भुक्तानी तथा फर्छ्योट विनियम बमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरू पूरा गरी अन्तिम स्वीकृति लिने र त्यपश्चात एकीकृत कारोबार सुरु हुने छ ।

प्राप्ति कार्य पश्चात परिवर्तन हुने सेयर तथा चुक्ता पूँजी वृद्धि गर्न, सेयर समूह स्वामित्व परिवर्तन गर्न एनसीएचएलको प्रबन्धपत्र तथा नियमावालीका आवश्यक दफा/नियमहरू संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

हाल एनसीएचएलको चुक्ता पूँजी १ अर्ब ६६ लाख र नेप्सको चुक्ता पूँजी २१ करोड १२ लाख छ । प्राप्ति पछि एकीकृत संस्थाको चुक्ता पूँजी १ अर्ब ६ करोड ५८ लाख हुनेछ । एनसीएचएलको गत आर्थिक वर्ष २०७९/८० को खुद मुनाफा ३७ करोड ६८ लाख रहेको थियो भने नेप्सको ६ करोड ४६ लाख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?