+
+

पुस मसान्तको दिन एनसीएचएलबाट ८४ अर्ब बढीको भुक्तानी फर्स्यौट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १४:४३

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले पुस मसान्तको दिन ८४ अर्ब रुपैयाँ भन्दा बढीको भुक्तानी कारोबार फर्स्यौट गरेको छ ।

आफ्नो विभिन्न प्रणालीहरु मार्फत् पुस मसान्तको अन्तिम दिनमा ८४ अर्ब रुपैयाँ भन्दा बढीको भुक्तानी कारोबार फछ्र्यौट गरेको एनसीएचएलले जनाएको छ ।

गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार, संख्याको आधारमा ६० प्रतिशत र रकमको आधारमा ७० प्रतिशतले वृद्धि भएको हो ।

एनसीएचएलका प्रणालीहरु मध्ये एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस र आरपीएस मार्फत् क्रमशः ४१ अर्ब, १४ अर्ब र २९ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार एक दिनमा फर्स्यौट भएको हो ।

विद्युतीय भुक्तानीको स्वीकार्यतासँगै आरपीएस अन्तर्गत कनेक्ट आईपीएस (वेब, एप तथा गेटवे), कर्पोरेटपे, बैंक शाखाहरु, मोबाइल बैंकिङ, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको देखिन्छ ।

त्यस्तै पुस मसान्तको अन्तिम दिनमा एनसीएचएल-आईपीएस र आरपीएस मार्फत १.६ अर्ब बराबरको राजस्व संकलन तथा ६.८ अर्ब बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजार भन्दा बढी भुक्तानी कारोबारहरु भएका छन् ।

सरकारी भुक्तानी सम्बन्धी कारोबारहरु कनेक्ट आईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर गेटवे, बैंक शाखाहरु, मोबाइल बैंकिङ तथा वालेट मार्फत गर्न सकिने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?