+
+

क्लियरिङ हाउस र नेप्स एकआपसमा गाभिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १४:२३

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र नेप्स एकआपसमा गाभिने भएका छन् । एनसीएचएलको १५औं वार्षिकोत्सवका अवसरमा आयोजित औपचारिक कार्यक्रममा एनसीएचएल र नेप्स बीच मर्जरसम्बन्धी प्रारम्भिक साझेदारी भएको छ ।

एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समिति संयोजक संजीवकुमार श्रेष्ठबीच उक्त समझदारीपत्र आदानप्रदान भएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर डा. निलम ढुंगाना लगायतको उपस्थिति थियो ।

एनसीएचएल र नेप्से बैंक तथा वित्तीय संस्थाहरुको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी आ–आफ्नो क्षेत्रमा कार्य गरी आएका संस्थाहरु हुन् ।

८ पुस २०६५ मा स्थापित एनसीएचएलले आईपीएस, आरपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट इन्टरफेस, नेपाल पे क्यूआरजस्ता राष्ट्रिय भुक्तानी प्रणालीहरु सञ्चालन गर्दै आएको छ ।

हाल एनसीएचएलले एनपीएस अन्तर्गतको नेसनल कार्ड स्विच र नेपालपे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । ५३ भन्दा बढी बैंक वित्तीय संस्थाहरु र ९५ भन्दा बढी अन्य संस्था/निकायहरुले एनसीएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।

त्यस्तै १८ फागुन २०६९ मा स्थापित नेप्सले विभिन्न बैंक वित्तीय संस्थाहरुको लागी केन्द्रिकृत रुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?