+
+

एनसीएचएलले नेप्सलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १७:०८

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्नेगरी अन्तिम सम्झौता गरेको छ ।

बिहीबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसीएचएल र नेप्सका तर्फबाट संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठबीच अन्तिम सम्झौतापत्र आदानप्रदान गरिएको थियो ।

अन्तिम सम्झौता पश्चात दुवै संस्थाहरुले छुट्टाछुट्टै विशेष साधारणसभा मार्फत आफ्नो सेयरधनीहरूको समर्थन लिई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि कम्पनी रजिस्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्नेछन् ।

बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आआफ्नो क्षेत्रमा कार्य गरी आएका हुन् ।

नेप्सले हालसम्म विभिन्न कार्ड स्किमका लागि कार्ड स्विचको पूर्वाधार विस्तार गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा दिँदै आएको छ ।

त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्ममार्फत आफ्नो सदस्यहरूलाई सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?