+

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

२०८१ वैशाख  १६ गते १८:४४ २०८१ वैशाख १६ गते १८:४४
मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

मलेरिया गर्मीयाममा लाग्ने रोग हो । यसलाई औलो पनि भनिन्छ । एनोफिलिज जातको संक्रमित पोथी लामखुटेले स्वस्थ मान्छेलाई टोक्दा मलेरियाको परजीवी सर्छ र यो रोगको संक्रमण हुन्छ ।

मलेरिया लाग्नको मुख्य कारण प्लाज्मोडियम नामको परजीवी  हो, जसका विभिन्न प्रजाति हुन्छन् । जसमध्ये प्लामोडियम भाइवेक्स, प्लामोडियम मलेरी, प्लाज्मोडिम ओभेल र प्लाज्मोडिम फास्सिपारम गरी चार जातका परजीवीको संक्रमणका कारण यो रोग लाग्छ । यी प्लाज्मोडियम संक्रमित लामखुट्टेको टोकाइले रगतमा प्लाज्मोडियम प्रवेश गर्छ ।

मलेरिया संक्रमण गराउने लामखुट्टे धेरैजसो राति सक्रिय हुन्छन् ।

लक्षण

मलेरिया हुँदा टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिन्छ । प्लाज्मोडियम फाल्सीफारम जातको परजीवीले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले ज्यानै समेत जाने जोखिम हुन्छ ।

त्यस्तै प्लामोडियम भाइवेक्स, प्लामोडियम मलेरिया हन्हन्टी ज्वरो आउने, एकदम गर्मी हुने, चिटचिट पसिना आउने र शरीर काम्ने हुन्छ । र, केही समयपछि बिस्तारै आफैं सामान्य हुने गर्छ । यसरी दिनको दुईपटक हुन्छ, एकदिन बिराएर लक्षण देखापर्छ । त्यस्तै बिरामी गम्भीर अवस्थामा भएमा ज्वरोको कारण बेहोस हुनु, छोप्ने, मासंपेशी दुख्ने, शरीरभरि संक्रमण हुनसक्छ ।

बढी जोखिम कसलाई ?

मलेरिया सबै उमेर समूहका मानिसलाई हुनसक्छ । तर सरसफाइमा ध्यान दिन नसक्ने बालबालिका, वृद्धावृद्धा, अपांगता भएका मानिस यसको उच्च जोखिममा हुन्छन् । जंगल नजिकै बसोबास गर्ने मानिसलाई पनि मलेरियाको संक्रमण बढी हुने सम्भावना हुन्छ ।

के गर्ने ?

मलेरिया संक्रमणको आशंका भएमा आरडीटी (ब्लड एन्टिजेट टेस्ट) र माइक्रोस्कोपी (ब्लड सेमर) जाँच गर्न सकिन्छ । स्वास्थ्य परीक्षण गर्दा मलेरिया लागेमा चिकित्सकको परामर्शअनुसार औषधि खानुपर्छ । समयमा उपचार गर्न सकेमा सजिलै निको हुन्छ ।

जोखिम

यसले रगतमा संक्रमण गर्ने भएकाले यसले निमोनिया हुने, शरीरमा रगतको कमी गर्ने र कलेजो फेल हुने जोखिम हुन्छ । र, बारम्बार बेहोस् भएमा बिरामी कोमामा जाने जाने र मृत्यु समेत हुनसक्छ ।

रोकथामको उपाय

घर वरपर पानी जम्न नदिने, सुत्दा झुल लगाएर सुत्ने, लामखुट्टे धपाउने धुप, मस्क्विटो लिक्विडको प्रयोग गर्ने र घरवरिपरि लामखुट्टे भएमा समयमा लामखुट्टे मार्ने औषधि छकिर्ने गर्नुपर्छ । सकेसम्म गर्मी भएपनि पूरा शरीर छोप्ने बाहुला भएको लुगा लगाउनुपर्छ । सरसफाइमा ध्यान दिन सकेमा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।

डा. दीपेश शाक्य मलेरिया स्वास्थ्य
डा. दीपेश शाक्य
लेखक
डा. दीपेश शाक्य
वरिष्ठ नसारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७८४० एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), न्युरोलोजी (केएमसीटीएच, केयू), न्यूरोलोजीमा स्नातकोत्तर प्रशिक्षण। हाल काठमाडौं डिल्लीबजारस्थित सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस र रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय