+

मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

२०८१ वैशाख  १६ गते १८:४४ २०८१ वैशाख १६ गते १८:४४
Shares
मलेरियाको जोखिम कसलाई बढी हुन्छ ?

मलेरिया गर्मीयाममा लाग्ने रोग हो । यसलाई औलो पनि भनिन्छ । एनोफिलिज जातको संक्रमित पोथी लामखुटेले स्वस्थ मान्छेलाई टोक्दा मलेरियाको परजीवी सर्छ र यो रोगको संक्रमण हुन्छ ।

मलेरिया लाग्नको मुख्य कारण प्लाज्मोडियम नामको परजीवी  हो, जसका विभिन्न प्रजाति हुन्छन् । जसमध्ये प्लामोडियम भाइवेक्स, प्लामोडियम मलेरी, प्लाज्मोडिम ओभेल र प्लाज्मोडिम फास्सिपारम गरी चार जातका परजीवीको संक्रमणका कारण यो रोग लाग्छ । यी प्लाज्मोडियम संक्रमित लामखुट्टेको टोकाइले रगतमा प्लाज्मोडियम प्रवेश गर्छ ।

मलेरिया संक्रमण गराउने लामखुट्टे धेरैजसो राति सक्रिय हुन्छन् ।

लक्षण

मलेरिया हुँदा टाउको दुख्ने, शरीर दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिन्छ । प्लाज्मोडियम फाल्सीफारम जातको परजीवीले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले ज्यानै समेत जाने जोखिम हुन्छ ।

त्यस्तै प्लामोडियम भाइवेक्स, प्लामोडियम मलेरिया हन्हन्टी ज्वरो आउने, एकदम गर्मी हुने, चिटचिट पसिना आउने र शरीर काम्ने हुन्छ । र, केही समयपछि बिस्तारै आफैं सामान्य हुने गर्छ । यसरी दिनको दुईपटक हुन्छ, एकदिन बिराएर लक्षण देखापर्छ । त्यस्तै बिरामी गम्भीर अवस्थामा भएमा ज्वरोको कारण बेहोस हुनु, छोप्ने, मासंपेशी दुख्ने, शरीरभरि संक्रमण हुनसक्छ ।

बढी जोखिम कसलाई ?

मलेरिया सबै उमेर समूहका मानिसलाई हुनसक्छ । तर सरसफाइमा ध्यान दिन नसक्ने बालबालिका, वृद्धावृद्धा, अपांगता भएका मानिस यसको उच्च जोखिममा हुन्छन् । जंगल नजिकै बसोबास गर्ने मानिसलाई पनि मलेरियाको संक्रमण बढी हुने सम्भावना हुन्छ ।

के गर्ने ?

मलेरिया संक्रमणको आशंका भएमा आरडीटी (ब्लड एन्टिजेट टेस्ट) र माइक्रोस्कोपी (ब्लड सेमर) जाँच गर्न सकिन्छ । स्वास्थ्य परीक्षण गर्दा मलेरिया लागेमा चिकित्सकको परामर्शअनुसार औषधि खानुपर्छ । समयमा उपचार गर्न सकेमा सजिलै निको हुन्छ ।

जोखिम

यसले रगतमा संक्रमण गर्ने भएकाले यसले निमोनिया हुने, शरीरमा रगतको कमी गर्ने र कलेजो फेल हुने जोखिम हुन्छ । र, बारम्बार बेहोस् भएमा बिरामी कोमामा जाने जाने र मृत्यु समेत हुनसक्छ ।

रोकथामको उपाय

घर वरपर पानी जम्न नदिने, सुत्दा झुल लगाएर सुत्ने, लामखुट्टे धपाउने धुप, मस्क्विटो लिक्विडको प्रयोग गर्ने र घरवरिपरि लामखुट्टे भएमा समयमा लामखुट्टे मार्ने औषधि छकिर्ने गर्नुपर्छ । सकेसम्म गर्मी भएपनि पूरा शरीर छोप्ने बाहुला भएको लुगा लगाउनुपर्छ । सरसफाइमा ध्यान दिन सकेमा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।

डा. दीपेश शाक्य मलेरिया स्वास्थ्य
डा. दीपेश शाक्य
लेखक
डा. दीपेश शाक्य
वरिष्ठ नसारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७८४० एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), न्युरोलोजी (केएमसीटीएच, केयू), न्यूरोलोजीमा स्नातकोत्तर प्रशिक्षण। हाल काठमाडौं डिल्लीबजारस्थित सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस र रातोपुलस्थित नेसनल बाथरोग सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग