+

लामखुट्टे मार्ने धुपले हानि पुर्‍याउँछ ?

२०८१ वैशाख  २४ गते १८:२२ २०८१ वैशाख २४ गते १८:२२
Shares
लामखुट्टे मार्ने धुपले हानि पुर्‍याउँछ ?

गर्मीयाममा राति लामखुट्टेबाट जोगिन विभिन्न किसिमको किटको प्रयोग गरिन्छ । यस्ता सामग्रीले लामखुट्टेलाई भगाउने, मार्ने गर्छन् । लामखुट्टे भगाउन वा मार्न प्रयोग गर्ने धुप रातभरि बाल्ने चलन छ । यसरी बाल्दा शरीरमा कुनै किसिमको असर गर्छ कि गर्दैन ?

रातभरि वा दैनिक लामखुट्टेको धुप बाल्दा त्यसको धुवाँले फोक्सोमा धेरै नकारात्मक असर गर्नसक्छ । यो मात्र होइन, जुनसुकै धुवाँ फोक्सोको लागि हानिकारक हुन्छ । विभिन्न अध्ययनअनुसार लामखुट्टे भगाउने धुपको धुवाँ पनि चुरोटको धुवाँजत्तिकै हानिकारक हुन्छ ।

के हुन्छ ?

मस्क्वीटो क्वाइलमा पाइरेथ्रम पाउडर अर्थात् कीटनाशक रसायन मिसाइएको हुन्छ । जसको धुवाँ हावामा विलिन भएर जान्छ । यो धुवाँ श्वासप्रश्वास गर्दा शरीरमा प्रवेश गर्दा फोक्सोमा असर गर्ने गर्छ ।

हिजोआज लामखुट्टेलाई भगाउन लिक्विड पदार्थको बढी प्रयोग गरिन्छ । यसलाई बाल्दा थोरै तातो भएपछि धुवाँमा परिणत हुन्छ र त्यसले लामखुट्टे भगाउँछ । यसमा तीन प्रकारका रसायनको मिश्रण हुन्छ ।

लिक्विडले फोक्सोमा असर गर्छ । यसको दैनिक प्रयोगले फोक्सोको कार्यक्षमतामा ह्रास ल्याउँछ, यसबाट निस्किने धुवाँले कोठाको प्रदूषण स्तर बढाउँछ । त्यसको धुँवा शरीरभित्र प्रवेश गर्दा क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) निम्त्याउन सक्छ । यसले फोक्सोलाई काम गर्ने क्षमता ह्रास ल्याउने गर्छ । जसकारण अस्थामा जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या नित्याउन सक्छ । यसले पनि क्वाइलले जस्तै फोक्सोमा असर गर्छ, तर तुलनात्मक रुपमा कम असर पुर्‍याउँछ ।

जोखिम

लामखुट्टे भगाउने क्वाइल वा लिक्विडले सबै उमेर समूहका मानिसलाई असर पुर्‍याउँछ । बालबालिकामा फोक्सो वृद्धिविकासमा समस्या हुनसक्छ । यसले गर्दा सानै उमेरमा दम, अस्थामा जस्ता श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम हुन्छ । त्यस्तै वृद्धवृद्धामा पहिलै श्वासप्रश्वाससम्बन्धी समस्या भएको अवस्थामा समस्या झन् बढ्ने वा जटिल हुनसक्छ । जसकारण बिरामीको मृत्युसमेत हुनसक्छ ।

बच्ने उपाय

लामखुट्टेबाट बच्ने सबैभन्दा राम्रो उपाय झुलको प्रयोग नै हो । हिजोआज ठाउँ र बेडअनुसार विभिन्न डिजाइन र साइजका झुल बजारमा पाइन्छ । यसले लामखुट्टेबाट मात्र नभई अन्य कीराफट्यांग्राबाट जोगाउन पनि मद्दत गर्छ । साथै लामखुट्टेको टोकाइबाट बच्न ओडोमस क्रिम लगाउन सकिन्छ ।

डा. नवीनकुमार मिश्र धुप लामखुट्टे
डा. नवीनकुमार मिश्र
लेखक
डा. नवीनकुमार मिश्र
फोक्सो तथा दमरोग विशेषज्ञ 

मेडिकल काउन्सिल दर्ता नम्बर : ८५९७ एमडी, फेलो अमेरिकन कलेज अफ चेस्ट फिजिसियन (एफसीसीपी) र फेलो एसियन प्यासिफिक सोसाइटी अफ रेस्पिरोलोजी (एफएपीएसआर) हाल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

चिकित्सक न त व्यापारी हो, न त भगवान्

चिकित्सक न त व्यापारी हो, न त भगवान्

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?