+

अरूसँग हुँदा मुस्कुराउने तर एकान्तमा रुने, के हो ‘मास्क्ड डिप्रेसन’ ?

२०८३ कात्तिक  १२ गते १३:४९ २०८३ कात्तिक १२ गते १३:४९
अरूसँग हुँदा मुस्कुराउने तर एकान्तमा रुने, के हो ‘मास्क्ड डिप्रेसन’ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मास्क्ड डिप्रेसनमा व्यक्ति बाहिरबाट सामान्य, खुसी वा सक्रिय देखिए पनि भित्रभित्रै उदासी, निराशा र तनाव हुन सक्छ।

संगीत, यात्रा वा प्राणायाममार्फत दैनिक तनाव व्यवस्थापन गर्न चाहने व्यक्ति धेरै हुन्छन् । यो लामो समयदेखि चल्दै आएको धारणा पनि हो । समयसँगै यससम्बन्धी चेतना बढिरहेको छ । तर, पनि मानसिक रूपमा अस्वस्थ रहनु अन्य स्वास्थ्य समस्या जस्तै समान्य हो भन्ने कुरा स्वीकार गर्नु महत्वपूर्ण हुन्छ ।

आफू समान्य नै छु जस्तो लागेको अवस्थामा पनि मानसिक समस्याले सताइरहेको हुन सक्छ । तपाईं नियमित काम गरिरहनुहुन्छ । समूहमा रहँदा ठिकठाकै हुनुहुन्छ तर जब एकान्तमा रहनुहुन्छ तब मन अशान्त हुन्छ भने त्यो मानसिक समस्या पनि हुन सक्छ ।

के हो ‘मास्क्ड डिप्रेसन’ ?

मास्क्ड डिप्रेसन लाई लुकेको डिप्रेसन अर्थात लुकेको मानसिक समस्या पनि भनिन्छ । यसमा व्यक्ति स्वयंले पनि बाहिरबाट हेर्दा आफूलाई ठिकठाक नै पाइरहेको हुन्छ । उसले आफूलाई मानसिक स्वास्थ्य समस्या छ भन्ने कुरा यकीन गर्न सक्दैन वा लुकाइरहेको हुन सक्छ ।

बाहिरबाट हेर्दा सामान्य, खुसी वा सक्रिय देखिन सक्छ । अरूको अगाडि हासिँदिने सबै कुरा ठिकठाक नै छ जस्तो गर्ने व्यवहार यस्तो समस्या भएका व्यक्तिले देखाउन सक्छन् । तर एकान्तमा भएपछि व्यक्तिभित्र उदासी, निराशा वा मानसिक तनाव रहने, निद्रा नपर्ने, आत्महत्याको सोच समेत आउने हुन सक्छ ।

मास्क्ड डिप्रेसन कुनै छुट्टै मानसिक समस्या भने होइन ।  डिप्रेसनका लक्षण बाहिरबाट स्पष्ट नदेखिने अवस्थालाई बुझाउनका लागि प्रयोग यो शब्द प्रयोग गरिएको हो ।

लक्षणहरू पहिचान गर्ने गरी यसबारे निर्क्योल गर्न सकिन्छ ।

लक्षणहरू

–बाहिरबाट खुसी देखिने अरूसँग हाँस्ने, रमाइलो गर्ने र काममा सक्रिय हुने, तर भित्रभित्रै दुःखी वा निराश रहने । 

–लगातार थकान महसुस हुने. शरीरमा ऊर्जा नहुने ।

–टाउको दुख्ने, शरीर दुख्ने, मुटु ढुकढुक हुने वा ग्यास्ट्राइटिस जस्ता समस्या देखिने ।

–निद्रा नलाग्ने वा धेरै निद्रा लाग्ने

–धेरै भोक लाग्ने वा भोक नलाग्ने

– सानो कुरामा रिस उठ्ने, झर्को लाग्ने अरूबाट टाढा रहन मन लाग्ने, चिडचिडापन बढ्ने

–काममा ध्यान दिन, निर्णय लिन वा पहिले मन पर्ने गतिविधिमा रुचि लाग्न छाड्ने

के गर्ने ?

–आफूलाई केही भएको छैन र मानसिक समस्या हुन सक्दैन भन्ने धारणा हटाउने

–आफूले अनुभव गरिरहेका भावना र समस्याबारे विश्वासिलो व्यक्तिलाई बताउने

–उदासी, निराशा वा रुचि हराउने समस्या दुई हप्ता वा त्योभन्दा बढी समयसम्म रहेमा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिने ।

यदि कसैलाई आफूलाई हानि पुर्‍याउने वा आत्महत्या गर्ने विचार आइरहेको छ भने उसलाई एक्लै नछोडी तत्काल नजिकको अस्पताल वा मानसिक स्वास्थ्य सेवाबाट सहायता लिनुपर्छ।

वास्तवमा, डिप्रेसन वा तनावसँग जुधिरहेको व्यक्तिको छवि प्रायः सधैं दुःखी वा सामाजिक रूपमा अलग-थलग रहने व्यक्तिको रूपमा लिइन्छ । तर, डिप्रेसनबाट पीडित व्यक्तिहरू पनि निकै उत्पादनशील र सामाजिक रूपमा सक्रिय देखिन सक्छन् ।

त्यसैले, डिप्रेसनलाई लक्षणहरूको निश्चित दायरामा मात्र सीमित राख्नुको सट्टा, यसलाई व्यावसायिक परामर्शमार्फत बुझ्नु महत्त्वपूर्ण छ।

मास्क्ड डिप्रेसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय