+
+

झन्डै ५ महिना ग्राउन्डेड नेवानिको जहाज काठमाडौं अवतरण

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १७:४१
फाइल तस्वीर

१६ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज नाइनएन–एकेएक्स जहाज इजरायलबाट काठमाडौं ल्याइएको छ ।

इन्जिन मर्मतका लागि पछिल्लो तीन महिनायता इजरायलमा थियो । त्यसअघि नेपालमै लामो समय ग्राउन्डेड रहेको यो जहाजलाई लामो समय उडानयोग्य बनाउन नसक्दा राष्ट्रिय ध्वजाबाहक नेवानिले करोडौं आर्थिक क्षति बेहोर्नु परेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाज दुबई हुँदै शनिबार राति ९ः५६ मा अवतरण गरेको हो ।

इन्जिनभित्रका ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने भएको र यसका पार्टपुर्जाको अभावले मर्मतमा ढिला भएको तर्क निगमले गरेको छ ।

युद्ध प्रभावित क्षेत्र भएकाले समेत मर्मत ढिला भएको तर्क निगमको छ । तर, युद्धग्रस्तकै अवस्थामा निगमले जहाज इजरायल पठाएको विषयलाई भने आफ्नो कमजोरी स्वीकार गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?