+
+

१ करोड १० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १८:३३

१६ वैशाख, काठमाडौं । १ करोड १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–७ घर भई काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय भीमसेन कुमार श्रेष्ठ छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

श्रेष्ठले बैंकमा रकम जम्मा गरेको स्लिप दिँदै घरजग्गा आफ्नो नाममा पास गराएर ठगी गरेको आरोप लागेको छ ।

बैंकमै चेकमार्फत रकम जम्मा स्लिप देखाएर घरजग्गा पास गराउन लगाउने तर चेकमा पर्याप्त रकम नभएको भन्दै रकम जम्मा नहुने गरेको थियो ।

आफ्नो नाममा चेकमार्फत रकम जम्मा गरेको स्लिप देखाएपछि पीडितहरुले भने घरजग्गा पास गरिदिने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?