+
+

नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्य बनाइन्छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १७:४४
Photo Credit : RSS

१७ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने बताएका छन् ।

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै उनले विदेशी पर्यटकको संख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने बताए ।

पर्यटनमन्त्री तामाङले राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२०२५) अन्तिम चरणमा रहेको जानकारी दिए ।

उनले पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई समसामयिक सुधार गरी लगानीमैत्री बनाइने बताए ।

सरकारले पर्यटन दशक (२०२३–२०३२) मा हरेक वर्ष पर्यटक आगमनमा १५ प्रतिशत विन्दुले वृद्धि गरी सन् २०३२ मा ३५ लाख पुर्‍याउने लक्ष्य लिइएको मन्त्री तामाङले जानकारी दिए ।

उनले पर्यटकको नेपाल बसाइ अवधि वढाउने र प्रति पर्यटक खर्चमा समेत बढोत्तरी गरी देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य रहेको जानकारी दिए । सो लक्ष्य प्राप्त गर्न निजीक्षेत्रसँग सहकार्य गरी नीतिगत सुधार गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने, स्थानीय एवम् प्रदेश सरकारसँगको सहकार्यलाई मजबुत बनाउने र सरोकारवाला निकायहरूसँग समन्वय गर्नेगरी काम गर्ने मन्त्रालयको योजना रहेको उनले सुनाए ।

पर्यटनमन्त्री तामाङले हवाई सेवा विस्तार र सेवालाई चुस्त र प्रभावकारी बनाइने बताए । नेपाल वायुसेवा निगमलाई सुधार गरी जहाज थपेर थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवालाई पनि आकर्षण गर्ने योजना रहेको बताए ।

‘हाल ४२ देशसँग हवाई सेवा सम्झौता भएको छ । ती देशहरूसँग प्रत्यक्ष हवाई सेवा सञ्चालनका लागि आवश्यक पहल गरिरहेका छौं । नेपाल वायुसेवालाई सुधार गरी जहाजहरू थपी थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवाहरूलाई पनि आकर्षित गरिनेछ,’ उनले भने ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा ल्याउने, त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने र वैकल्पिक विमानस्थलको निर्माण सुरुवात गरिने मन्त्री तामाङको भनाइ छ ।

पर्यटकको आगमनमा वृद्धि हुने क्रमसँगै पर्यटकीय पूर्वाधारमा लगानी बढेको निजीक्षेत्रबाट होटल तथा आतिथ्य क्षेत्रमा ठूलो भएको उल्लेख गर्दै मन्त्री तामाङले हाल नेपालमा पाँचतारे स्तरका होटलमात्र रहेकाले अबका दिनमा गुणस्तरीय पर्यटकका लागि पाँचतारेभन्दा माथिल्लोस्तरका होटल तथा रिसोर्टको क्षेत्रमा लगानीको राम्रो सम्भावना देखिएको बताए ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?