+
+

विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै सनिशा भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते २१:०९

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल तथा एक्ट्रेस सनिशा भट्टराईले विराज भट्टको फिल्म ‘१२ गाउँ’बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।

निर्देशक तथा निर्माता भट्टले सनिशालाई फिल्मको प्रमुख भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएका छन् ।

सनिशासँगको तस्वीर सेयर गर्दै उनले लेखेका छन्- ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’

गायक हिमाल सागरको चर्चित गीत ‘ए होर माया’, अनु चौधरीले गाएको फिमेल भर्सन ‘तिमीलाई हेर्ने बानी प¥यो’मा सनिशाले अभिनय गरेकी छन् । यीसहित दर्जनौं गीतमा अभिनय गरेकी भट्टराई अहिलेकी ब्यस्त म्युजिक भिडियो एक्ट्रेस हुन् ।

‘१२ गाउँ’बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । भट्टका छोरा समीर पनि मुख्य भूमिकामा तय भैसकेका छन् । डेब्युको हिसाबले सनिशा र न्यान्सीका लागि ‘१२ गाउँ’ महत्वपूर्ण हुने अपेक्षा छ ।

यो एक्सन–थ्रीलर फिल्मको छायांकन नेपाल र भारतमा हुने तयारीमा छ । २०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ विराजले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो । ‘साङ्लो’बाट पूर्वमिस नेपाल निकिता चाण्डकले डेब्यु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?