+
+

विराजको ‘१२ गाउँ’मा साउथका एक्सन कोरियोग्राफर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १६:३८

काठमाडौं । आगामी एक्सन-थ्रिलर ‘१२ गाउँ’का लागि विराज भट्टले दक्षिण भारतीय एक्सन कोरियोग्राफर स्टन्ट सिल्भासँग सहकार्य गर्ने भएका छन् । तमिल फिल्ममा एक्सन कोरियोग्राफी गरेका उनले नेपाली फिल्ममा डेब्यु गर्न लागेका हुन् ।

केही दिनदेखि विराजसँगै काठमाडौंमा रहँदै आएका सिल्भाले कोरियोग्राफी सिक्वेन्सको योजना बुनिरहेका छन् । भट्टले सामाजिक सञ्जालमार्फत सिल्भालाई नेपालमा स्वागत गर्दै लेखेका छन्, ‘सिल्भा गुरु, नेपालमा स्वागत छ । तपाईंसँग काम गर्न पाउनु सम्मानको कुरा हो ।’

सिल्भाले रजनीकान्तदेखि विजयसम्मका फिल्ममा द्वन्द्व निर्देशन गरेको जनाइएको छ । अभिनेता समेत रहेका सिल्भाले एसएस राजामौलीको फिल्म ‘छत्रपथी’सहित यमदोंगा, केडी, पञ्चाक्षरी, मार्गाजी १६, वेलायुधम, मारी २, करुंगापियम लगायतका तामिल फिल्ममा अभिनय गरेका छन् ।

‘१२ गाउँ’लाई लिएर विराज र सिल्भाबीच भारतको दक्षिणी सहर चेन्नईमा छलफल भएको थियो । उक्त भेटमा भट्टले एक्सन निर्देशनको प्रस्ताव राखेका थिए ।

यो फिल्मबाट भट्टका छोरा समीर र मिस नेपाल इन्टरनेसनल-२०२२ न्यान्सी खड्काले अभिनयमा डेब्यु गर्दैछन् । गत साता मुख्य भिलेनमा कनिज कोइराला जोडिएका थिए । यो फिल्मको छायांकन वैशाखदेखि सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?