+
+

‘द होलटाइमर्स’को फस्टलुक सार्वजनिक, सिसन बानियाँ र नम्रता श्रेष्ठ बने निर्माता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १४:२०
फिल्म ‘द होलटाइमर्स’को एक दृश्य

काठमाडौं । अन्ततः प्रतीक्षित नेपाली फिल्म ‘द होलटाइमर्स’को फस्टलुक सार्वजनिक भएको छ । दशक लामो सशस्त्र द्वन्द्वको कथावस्तुमा बनेको यो फिल्म पाँच वर्षदेखि निर्माणाधीन थियो ।

छायांकन सकिन डेढ महिना बाँकी रहँदा निर्माण कम्पनी मिडिया पोर्टले तत्कालीन नेकपा माओवादी  छापामारको दृश्य दर्शाउने तस्वीर ल्याएको छ ।

पूजा गुरुङ र विभूषण बस्नेतले संयुक्तरुपमा निर्देशन गरिरहेको फिल्मको छायांकन अछामको रामारोशनमा भइरहेको छ । निर्माता प्रवीण कार्की टक्कीले डेढ महिनासम्म फिल्मको सुटिङ सकिने बताए ।

फस्टलुकमा फिल्मका कलाकारलाई तत्कालीन माओवादी छापामारको हुलियामा देख्न सकिन्छ । नाटकका चर्चित कलाकारहरु खगेन्द्र महरा, विनोदप्रकाश धामी, लक्ष्मी लिम्बू लगायतको यसमा अभिनय छ ।

टक्की मुख्य निर्माता रहेको यो फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ, भ्लगर सिसन बानियाँ, हलिउड फेसन डिजाइनर प्रबल गुरुङकी दिदी कुमुदुनी श्रेष्ठ, सोहम ढकाल, प्रणय पाण्डे, सुरज गिरी, निकुन श्रेष्ठ, सविनजंग पाण्डे, रोमोस शिवाकोटी सहायक निर्माता हुन् । प्रस्तुतकर्तामा लेस फिल्म डु टम्बाउर छन् ।

फिल्मले दशक लामो सशस्त्र द्वन्द्वकालमा माओवादी युद्ध अभियानमा लागेका बालबालिकाको यात्राबारेको कथा भन्छ । ‘यो लडाइँको कथा भन्दा पनि सशस्त्र युद्धमा होमिएका बालबालिकाको भावना र सपनाको कथा हो,’ निर्माता टक्कीले भने । यो फिल्मलाई चिन्तन राजभण्डारीले छायांकन गरिरहेका छन् ।

निर्देशकद्वय गुरुङ र बस्नेतले यसअघि ‘दाद्या’, ‘घनटाउके’, ‘डम्बरे डेन्ड्राइट’जस्ता चर्चित छोटा फिल्म निर्देशन गरेका छन् । निर्माता कम्पनी मिडिया पोर्ट यसअघि ‘कबड्डी’मा एसोसिएट प्रोड्युसर रहिसकेको छ । विपिन कार्की स्टारर ‘नाका’ र ‘आमाखाण्डो’ पनि ब्यानरमा बनेका अन्य चर्चित फिल्म हुन् ।

सुरुमा फेस्टिभल र त्यसपछि सन् २०२५ मा हलमा रिलिज गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?