+
+

विराज भट्ट र विजय सेतुपतिबीचको भेटमा के भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १८:२०

काठमाडौं । अभिनेता विराज भट्टले गत साता आफ्नै निर्माण र निर्देशन रहने एक्सन फिल्म ‘बाह्र गाउँ’को घोषणा गरे । यो फिल्मलाई लिएर विस्तृत कुरा आउन बाँकी छ ।

फिल्म निर्माणको चर्चाबीच विराज र दक्षिण भारतीय स्टार विजय सेतुपतिबीच भेट भएको छ । विराज निकट स्रोतका अनुसार यी दुई अभिनेताबीच हालै भेटघाट भएको हो ।

प्राप्त तस्वीरमा यी दुवै अभिनेता हाँस्दै र हात मिलाउँदै गर्दा देखिएका छन् । बडी ल्यांग्वेज हेर्दा यी दुवै एकअर्कामा कम्फर्ट र क्यान्डिड महसुस गरेको देखिन्छ । ‘उनीहरुबीच खास सन्दर्भमा भेट भएको हो,’ स्रोतले भन्यो । तर विराजले सेतुपतिसँगको भेटबारे विस्तृत कुरा बताएका छैनन् ।

विराजको फिल्ममा सेतुपतिले अभिनय गरेमा अविश्वसनीय कुरा हुनसक्नेछ । केही समयअघि सेतुपति एक सिरिज छायांकनका लागि काठमाडौं आएका थिए । पछिल्लो पटक शाहरुख खान स्टारर फिल्म ‘जवान’मा सेतुपतिको पनि मुख्य भूमिका थियो ।

विराज र विजय सेतुपतिबीचको यो भेटघाटबारे खुल्दै जाला । तर अहिले भने विराजको फिल्म ‘बाह्र गाउँ’लाई लिएर चर्चा गर्माएको छ । अर्कोतर्फ विराजले सन्तोष सेनको फिल्म ‘बलिदान’ खेल्ने पनि चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?