+
+
Shares

जनकपुर–अयोध्या–दिल्ली ‘वन्दे भारत रेल सेवा’ सञ्चालन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद उर्मिला अर्यालले महिला, आदिवासी–जनजाति र दलित समुदायलाई विकासको मूलधारमा ल्याउन सरकारसँग माग गरेकी छिन्।
  • उनले जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक ‘वन्दे भारत’ रेल सेवा सञ्चालनका लागि पहल गर्नुपर्ने बताएकी छिन्।
  • अर्यालले मधेश विकासका लागि संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रूपमा काम गर्नुपर्ने र उत्पादनमूलक रोजगारीका कार्यक्रम आवश्यक रहेको बताइन्।

२ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद उर्मिला अर्यालले महिला, आदिवासी–जनजाति तथा दलित समुदायलाई विकासका काममा प्राथमिकताका साथ मूलप्रवाहीकरण गर्न सरकारसँग माग गरेकी छिन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै अर्यालले मधेसको समन्यायिक, आधुनिक तथा गतिशील सामाजिक, आर्थिक र राजनीतिक विकासका लागि लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी हुन् । उनले जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक ‘वन्दे भारत’ रेल सेवा सञ्चालन गर्नुपर्ने मागसमेत गरिन् ।

यसबाट जनकपुर र अयोध्याबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनुका साथै दिल्लीबाट नेपाल आउने पर्यटक तथा तीर्थयात्रीलाई समेत सहज हुने उनको भनाइ छ ।

‘महिला, आदिवासी–जनजाति तथा दलित समुदायलाई प्राथमिकताका साथ विकासको मूलधारमा ल्याउन आवश्यक छ । जनकपुर–अयोध्या–दिल्लीबीच आधुनिक वन्दे भारत रेल सेवा सञ्चालनका लागि पहल गर्नुपर्छ । यसले जनकपुर र अयोध्याबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्दै धार्मिक पर्यटन र आवागमनलाई सहज बनाउनेछ,’ उनले बैठकमा भनिन् ।

अर्यालले भारत सरकारका सम्बन्धित पक्षसँग यस विषयमा छलफल गर्दा उनीहरू पनि रेल सेवा सञ्चालनप्रति उत्सुक रहेको आफूले पाएको बताइन् । सांसद अर्यालले देशको सबै श्रमशक्तिलाई उत्पादनमूलक रोजगारी उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

साथै, उच्च गतिमा पुँजी निर्माण गर्ने नीति तथा कार्यक्रम आवश्यक रहेको उनले बताइन् ।

उनले मधेशको विकासका लागि संघ, प्रदेश र स्थानीय तह सबै सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउँदै विकासका कामलाई शघ्र र द्रुत गतिमा अघि बढाउन आग्रह गरिन् ।

‘साथै, सबै श्रमशक्तिका लागि उत्पादनमूलक रोजगारी र तिब्र पुँजी निर्माणका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यी कार्यहरू शिघ्र अघि बढाउन सके मात्र मधेसमा समन्यायिक, आधुनिक र गतिशील सामाजिक–आर्थिक व्यवस्था निर्माण गर्न सकिन्छ । यसका लागि सबै तहका सरकारसँग आग्रह गर्दछु,’ उनले भनिन् ।

उनले मधेशको समग्र विकासका लागि आफूले उठाएका मागलाई संघीय सरकारसँगै प्रदेश तथा स्थानीय सरकारहरूले समेत प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?