+
+

लाइफ इन्स्योरेन्स कर्पोरेसनले लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १०:४५

१८ वैशाख, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले यस वर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको छ । सोमबार साँझ बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांशको प्रस्ताव नगरीकन २०७९/८० को वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएपछि साधारणसभाले पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष पनि सेयरधनीलाई लाभांश दिएको थिएन । दोस्रो बजारमा यस कम्पनीको मूल्य सोमबार बजार बन्द हुँदा प्रतिकित्ता १३१५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?