+
+

नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, साधारणसभा आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते ९:०७

१९ वैशाख, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विद्यमान सेयरधनीहरुका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्नका लागि जेठ ४ गते साधारणसभा आह्वान गरेको छ ।

वैशाख २६ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । आफूसँग भएको सेयर संख्याको ४० प्रतिशत (१० बराबर ४ कित्ता) का दरले अंकित मूल्यमा सेयर पाउने छन् ।

वैशाख २७ गतेका लागि कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्दको मिति तय गरेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ कायम हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ छ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको साधारण सेयर मूल्य प्रतिकित्ता ८४६ रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?