+
+

‘लोनलस प्रोभिजन’ घट्दा मेरो माइक्रोफाइनान्सको नाफा ९.४ गुणा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते ८:५२

२० वैशाख, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४ गुणा नाफा बढेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद नाफा उच्च दरले बढ्नुमा लोन लस प्रोभिजन भारी मात्रामा कटौती हुनु हो ।

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ४९ लाख रुपैयाँ लोन लस प्रोभिजन गरेकोमा यो आर्थिक वर्षको सोही अवधिमा जम्मा ३ करोड ८८ लाख छ । करिब १० करोड रुपैयाँ प्रोभिजनबाट झिकेपछि कम्पनीको नाफामा उच्च वृद्धि देखिएको हो । कम्पनीको नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि उच्च दरले बढेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा रहेकोमा अहिले १२ रुपैयाँ ५१ पैसा पुगेको छ । कम्पनीको निष्क्रिय कर्जामा पनि सुधार देखिएको छ । गत आवको तेस्रो त्रैमासमा यस्तो कर्जा कुल कर्जामा ९.१० प्रतिशत रहेकोमा अहिले ७.६१ प्रतिशतमा झरेको छ । माइक्रोफाइनान्सको आधार दर १४.७१ प्रतिशत छ । चैतसम्म वितरणयोग्य नाफा ९ करोड ३७ लाख रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७२ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?