+
+

कान्स फिल्म फेस्टिभल : कर्मचारी हड्तालमा उत्रिने, राजनीतिक विरोध पनि हुनसक्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते ११:४९

काठमाडौं । प्रिमियर र स्टारको रेडकार्पेटबाहेक विश्वचर्चित  ‘कान्स फिल्म फेस्टिभल’ विवादले पनि चर्चामा आउने गर्छ । यस वर्ष पनि महोत्सव सुरु हुनुअघि नै फेस्टिभलका कर्मचारी हड्तालमा उत्रिने भएका छन् ।

फेस्टिभल सुरु हुनुअघि हरेक वर्षझैं यस वर्ष पनि विरोध प्रदर्शन हुने समाचार आइरहेका छन् । तर यस वर्षको आन्दोलन बाहिरी कारणले होइन, फेस्टिभल कर्मचारीले गर्ने भएका हुन् । तलब वृद्धिको माग गर्दै यो आन्दोलन गर्न लागिएको हो ।

जेठ १ गते (मे १४)देखि २०० भन्दा बढी फ्रान्सेली कामदार हड्तालमा जाने योजनामा छन् । मिडिया रिपोर्टका अनुसार फिल्म कान्सका कामदार र अन्य फेस्टिभलका कामदारले तलब वृद्धिको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका छन् ।

फ्रान्समा आयोजना हुने फिल्म महोत्सवका कर्मचारी पनि यो हड्तालमा सहभागी हुन सक्छन् । ‘कान्स फिल्म फेस्टिभल’का कर्मचारीको समूहको नेतृत्व ‘सूस लेस एक्रान्स ला डेचे : कलेक्टिफ प्रीकेरस डेस फेस्टिवल्स डी सिनेमा’ले गर्दैछ ।

फेस्टिभलको पहिलो साता कर्मचारी आफ्ना माग लिएर हड्तालमा जान लागेका हुन् । उनीहरुले समुन्द्री तटमा जम्मा भएर विरोध प्रदर्शन गर्न लागेका छन् ।

कोष कटौती, राजनीतिक विरोध र विश्वव्यापी द्वन्द्वको प्रभावका कारण फिल्म महोत्सवहरुले बितेका पछिल्ला १२ वर्षमा अशान्त अनुभव गरेका छन् । बर्लिन फिल्म फेस्टिभल अघिल्लो वर्ष कामदारको अशान्ति र विभिन्न राजनीतिक मुद्दाले प्रभावित भएको थियो ।

कान्सले जारी इजरायल–गाजा द्वन्द्व र युक्रेन–रुसको युद्धसँग सम्बन्धित विषयमा यसपटक राजनीतिक विरोध पनि देख्न सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?