+
+

यस्तो छ शाहिद कपुरको सिरिज ‘फर्जी २’ को टिजर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १३:२९

काठमाडौं । बलिउड अभिनेता शाहिद कपुले वेब-सिरिज ‘फर्जी’मार्फत ओटीटी प्लेटफर्ममा डेब्यु गरेका थिए । यो पूर्णतया क्राइम थ्रिलर सिरिज थियो, जसलाई दर्शकले मन पराएका थिए ।

सिरिजको दोस्रो श्रृंखला ‘फर्जी २’ अमेजन प्राइम भिडियोमा छिट्टै रिलिज हुँदैछ । सिक्वेललाई लिएर दर्शक निकै उत्साहित छन् । यसको पहिलो सिजन सुपरहिट सावित भयो ।

‘फर्जी २’ छिट्टै ओटीटीमा रिलिज हुँदैछ । शाहिदले केही समय अगाडि फर्जीको सिक्वेल आउने कुरा पुष्टि गरेका थिए । त्यतिबेला उनले वेब सिरिजको रिलिज मिति भने खुलाएका थिएनन् । मिडिया रिपोर्टका अनुसार ‘फर्जी २’ यस वर्षको अन्त्यमा वा सन् २०२५ को सुरुमा रिलिज हुनेछ ।

निर्माताले सिरिजसँग सम्बन्धित भिडियो सेयर गर्दै लेखेका छन्, ‘नक्कली सन्नी नयाँ योजनाका साथ फेरि फर्किदैछन् ।’ एक मिनेट ५५ सेकेण्डको भिडियोमा सन्नीको (शाहिद कपुर) सेक्सी चरित्र देख्न सकिन्छ ।

सिरिजमा शाहिद र राशि खन्नाको दमदार अभिनयलाई दर्शकले मन पराएका छन् । राशिले सामाजिक सञ्जालमा फ्यानलाई ‘फर्जी २’ को छायांकन सेड्युलको बारेमा संकेत दिएकी थिइन् ।

‘फर्जी’मा साउथ सुपरस्टार विजय सेतुपति र शाहिद कपुरको अभिनयले दर्शकको मन जित्यो । यो सिरिजमा विजयले प्रहरी अफिसरको भूमिका निर्वाह गरेका छन् ।

उनको अभिनयलाई समीक्षकदेखि दर्शकले प्रशंसा गरेका छन् । कामको कुरा गर्दा शाहिद कपुर पछिल्लो पटक कृति सेननसँग ‘तेरी बातों में ऐसा उल्झा जिया’मा देखिएका थिए । यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको छ । यतिबेला दर्शक शाहिदलाई ‘फर्जी २’ मा हेर्न आतुर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?