+
+

निहारा र अदितीलाई ‘किड्स क्यापिटल नेपाल’को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १७:०९

काठमाडौं । बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोटी (जुनियरतर्फ)ले जितेका छन् ।

टच इन्टरटेनमेन्ट तथा स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा डेनिषा श्रेष्ठ फस्ट रनरअप, आर्या कोइरालाले सेकेन्ड रनरअप, दिबिया कोङ्ग्रेन थर्ड रनरअप र छिरिङ लामा फोर्थ रनरअप घोषित भए ।

प्रतियोगितामा आर्या कोइरालाले मोस्ट पपुलर अवार्ड जितिन् भने आईएमई पे पब्लिक च्वाइसको अवार्ड बालिकातर्फ दिबिया कोङ्ग्रेन तथा बालकतर्फ स्पर्श मिश्र गराचले जिते ।

प्रतियोगितामा स्पर्श मिश्र गराच तथा मिरन श्रेष्टले लिटिल स्टारको उपाधि समेत जिते भने मिर्जन श्रेष्ठले लिटिल प्रिन्स तथा श्रीया कटुवालले लिटिल प्रिन्सेसको उपाधि जितिन् ।

प्रतियोगितामा कलाकार गोपाल ढकाल, शिशिर खाती, सामाजिक अभियन्ता सवित बज्राचार्य, डिजाइनर ज्वालाराज पोखरेल, कलाकार अनुपम श्रेष्ठ र मोडल अपेक्षा शेरचन निर्णायकको रुपमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?