+
+

जेन्डायादेखि आलियासम्म : मेटगालामा चम्किए स्टार (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १२:३४

काठमाडौं । गत वर्ष मेटगालाको सबैभन्दा ठूलो आश्चर्य सुपरस्टार रिहानको उपस्थिति थियो । मेटगाला २०२४ को सबैभन्दा ठूलो आश्चर्य पनि उनकै अनुपस्थिति बन्यो ।

नेपाली समयानुसार मंगलबार बिहान अमेरिकाको न्युयोर्कमा विश्व फेसनको महाकुम्भ मेटगाला आयोजना भयो । विश्वचर्चित ए–लिस्टर सेलिब्रेटीहरु जेन्डाया, किम कार्दसियन, एरियाना ग्राण्डे यो फेसन मेलाका आकर्षण बने ।

रिहाना, टेलर स्वीफ्ट, बियोन्सेजस्ता स्टार यसपटक देखिएनन् । यसपटकको मेटगाला हलिउड अभिनेत्री जेन्डायाको वरपर घुम्यो । ‘ड्युन’ स्टार दुई लुक्समा प्रस्तुत भएकी थिइन् । उनको दोस्रो लुक ग्यालिआनो र भिन्टेज पहिरनमा थियो ।

‘नेक्ड ड्रेस’ यसपटक मेटगालामा ट्रेन्डिङ बन्यो । गायिका रीता ओराले बहुरंगी बडीस्वीट लगाएकी थिइन् । दोजा क्याट पनि पारदर्शी पहिरनमा पुगिन् । किम कार्दसियन मार्लिन मुनरो शैलीको पोशाकमा प्रस्तुत भइन् ।

गायिका शकिराको लागि रातो रङ फेवरेट कलर बन्यो । हिपहप आर्टिस्ट निकी मिनाज मर्नीको डिजाइनमा फ्लावर पटसहित पुगेकी थिइन् । बलिउड अभिनेत्री आलिया भट्ट पनि पुगेकी थिइन् । के–पप ब्याण्ड ब्ल्याकपिंकका दुई सदस्य लिसा र रोजी पनि न्युयोर्कमा थिए ।

न्युयोर्कको मेट्रोपोलिटन सिटी म्युजियमको अर्थ संकलनका लागि वर्षेनी मे ६ मा मेटगाला आयोजना हुने गर्छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?