+
+

चीज गुरुङको ‘हावा सरर’ विवादमा, आफ्ना बुवाले गाएको गीतबाट चोरिएको ‘बले’को आरोप

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १३:०१

काठमाडौं । गत महिना चीज गुरुङले युट्युबमा ल्याएको नयाँ गीत ‘हावा सरर’ विवादमा तानिएको छ । २०५० सालमा रेडियो नेपालमा रेकर्ड भएको चर्चित गीत ‘छोडेर आए म’सँग हुबहु मिल्दोजुल्दो भएको भन्दै यो गीतका सर्जकको परिवारले आपत्ति जनाएको छ ।

गायक राजेन्द्र लम्सालका छोरा तथा कलाकार सागर लम्साल बलेले आफ्नो बुवाको गीतसँग गुरुङको उक्त गीत हुबहु मिलेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार एक वक्तव्य जारी गर्दै लम्सालले गीत हटाउन आग्रह गर्दै कुनै पनि संस्थाको आडमा धम्की नदिन भनेका छन् ।

गीत हुबहु चोरी गरिएको आरोप सागरको छ । विवाद सुरु भएपछि गुरुङले गीतको डिस्क्रिप्सनबाट संगीतकारको नाम हटाएर त्यसलाई खाली राखेका छन् । तर भिडियोको पुछारमा गीतकार र संगीतकारको नाममा चीज गुरुङ नै छन् ।

सागरका बुवा राजेन्द्र लम्साल र नारायण रायमाझीको स्वरमा रहेको गीत ‘छोडेर आए म’ गीतको संकलक कृष्ण उजाड पौडेल हुन् । उक्त गीतविरुद्ध लोक दोहोरी प्रतिष्ठान, प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय र प्रहरीमा उजुरी दिने सागरले बताए । यसका लागि गीतबारे विस्तृत विवरण लिन रेडियो नेपालको कार्यालय सिंहदरबारमा पुगेको उनले बताए ।

गुरुङले ल्याएको उक्त गीत अप्रिल १ मा युट्यबमा आएको थियो । अहिलेसम्म यो गीतलाई १६ लाख पटक हेरिएको छ भने म्युजिक खण्डतर्फ ट्रेन्डिङको बीसौं स्थानमा छ ।

चीज गुरुङ र चीजा तामाङको स्वरमा रहेको गीत ‘हावा सरर’

राजेन्द्र लम्साल र नारायण रायमाझीले गाएको गीत ‘छोडेर आएँ म’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?