+
+

प्रबल गुरुङको डिजाइनमा हलिउड स्टार डेमी लोभाटो (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १२:५४

काठमाडौं । विश्वचर्चित गायिका तथा अभिनेत्री डेमी लोभाटोले नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको पहिरनमा मेटगाला २०२४ मा प्रस्तुति दिएकी छन् ।

‘एनिवन’ गायिकाले गुरुङले डिजाइन गरेको सेतो स्ट्रापलेस गाउन लगाएकी थिइन् । यो गाउनमा हातले काटेर टाँसिएका ५०० वटा माइलर फूल पनि समावेश थिए । उक्त डिजाइनलाई ओपेरा ग्लोभसँग मिल्दोजुल्दो रुप दिइएको थियो ।

यस वर्ष मेटगालाको ‘गार्डेन अफ टाइम’को ड्रेस कोड गुरुङको भिजन रहेको बताइन् । ‘जब म बगैंचाको बारेमा सोच्छु, मलाई विकास, पुनर्जन्म र कसरी फुल्नेबारे याद आउँछ । जुन कुरा हामी मानिसको रूपमा समयसँगै गर्छौं,’ लोभाटोले भोग म्यागजिनसँग भनिन् ।

‘मैले मेरो करियरमा धेरै युग बिताएकी छु । पहिलो मेटगालादेखि ममा यतिबेला धेरै परिवर्तन आएको महसुस भएको छ । त्यसैले यस वर्ष मेटगालामा उपस्थित हुन उत्सकु थिएँ,’ उनले भनिन् ।

फेसनमार्फत कथा भन्ने प्रबल गुरुङको शैलीसँग गायिका लोभाटो आकर्षित भएको भोगले उल्लेख गरेको छ । लोभाटोले म्यागजिनसँग भनिन्, ‘प्रबलको डिजाइनमा सधैं एउटा कथा र कारण हुन्छ । मेरो लुकमा उनले त्यो सिर्जना गरेका छन् । जबकि मैले उनलाई यस वर्षको सुरुमा मात्र भेटेको थिएँ । हामी पुराना साथीजस्तै टेक्स्ट गर्छौं । उनको रचनात्मक प्रक्रियाको हिस्सा हुन पाउँदा म आफूलाई भाग्यमानी महसुस गर्छु ।’

सन् २०१६ को मेटगालामा लोभाटोले जेरेमी स्कटको पहिरन लगाएकी थिइन् । दशकपछि लोभाटो मेटगालामा फर्किएकी हुन् ।

यस वर्षको मेटगालामा भ्यानिटी फेयर म्यागजिनकी प्रधान सम्पादक राधिका जोन्स लगायत सुपरमोडलले पनि प्रबलको डिजाइनमा प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?