+
+

सुधार केन्द्रमा युवक मृत्यु प्रकरण : सञ्चालकसहित १७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १७:५१
नयाँ बाटो सुधार केन्द्र र मृतक सुनिल शाही ।

२६ वैशाख, धनगढी । कैलालीको घोडाघोडीस्थित एक सुधार केन्द्रमा युवकको मृत्यु भएको घटना अनुसन्धानका लागि प्रहरीले सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिएको छ ।

घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो  पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्याल सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीप्रेन्द्रकुमार पालका अनुसार सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । अरु १५ जना भने सुधार केन्द्रमा राखिएका व्यक्तिहरु हुन् ।

प्रहरीका अनुसार सुधार केन्द्रले शाहीले भाग्नका लागि एक तले भवनको छतबाट बुधबार राति हाम फालेको दाबी गरेको छ । मृतकका परिवारले भने सुधार केन्द्रले २५ दिनयता शाहीसँग भेट्न र कुराकानी पनि गर्न नदिएको हुनाले घटना शंकास्पद रहेको जिकिर गरेका छन् ।

प्रहरीले मृतक शाहीको शरीरका विभिन्न भागमा घाउ चोटपटक रहेको जनाएको छ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

शाहीलाई उनका अभिभावकले गत पुसमा सुधार केन्द्रमा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?