+
+

चाउमिनको एउटा त्यान्द्रो दुईतिरबाट खाएर ४६५ जोडीले बनाए विश्व कीर्तिमान

एजेन्सी एजेन्सी
२०८१ वैशाख २७ गते ७:१२

जर्मन रेष्टुरेन्ट चेन भापियानोमा ४ सय ६५ जोडीले एकसाथ एक-एक त्यान्द्रो चाउमिन खाएर विश्व कीर्तिमान कायम गरेका छन् ।

चाउमिन अर्थात् स्पागेटीको एक एक वटा त्यान्द्रोलाई हरेक जोडीले दुईतिरबाट मुखमा हाल्दै एकसाथ खाएका थिए ।

गत वर्ष जुलाई ६ मा अन्तर्राष्ट्रिय चुम्बन दिवसको अवसरमा उक्त कीर्तिमानी काम भएको हो । बर्लिनस्थित टेम्पेलहफ एयरपोर्ट ह्यांगरमा त्यो कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ रेष्टुरेन्ट आउटलेटको झल्को दिनेगरी सजावट गरिएको थियो र टेबुलहरुमा रातो रंगका कपडाहरु राखिएको थियो । त्यस्तो साजसज्जा गर्नका लागि २० घण्टा लागेको भापियानोको भनाइ छ ।

त्यहाँका जोडीहरुले खाएको स्पागेटी पनि एयरपोर्ट ह्यांगरभित्रै बनाइएको मोबाइल किचेनमा तयार पारिएको थियो ।

उक्त कार्यक्रममा गिनिज वर्ल्ड रेकर्डस्का प्रतिनिधि उपस्थित थिए ।

कार्यक्रम सुरु भएसँगै हरेक जोडीले एउटा स्पागेटीको त्यान्द्रालाई दुई तिरबाट एक/एक जनाले मुखमा हाल्दै एउटै समयमा खान सुरु गर्दथे । उनीहरु त्यसमा उत्तीर्ण हुनका लागि त्यो त्यान्द्रो दुवैतिरबाट बराबर मात्रामा खाइनु पर्दथ्यो र अन्तिममा ती जोडीले एक अर्कालाई चुम्बन गनेगरी मुख जोडिन पर्दथ्यो । अनि ३० सेकेण्ड भित्रमा त्यान्द्रो खाइसक्नु पर्दथ्यो ।

स्मरण रहोस् यसअघि ४ सय ३३ जोडीले यसरी स्पागेटीको त्यान्द्रो खाएर विश्व कीर्तिमान बनाएका थिए।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?