+
+

नेपाली भाषाको फिल्म ‘तारा’ कान्सको मार्केटिङ सत्रमा स्क्रिनिङ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते ११:५८
अभिनेत्री श्यामाश्री शेर्पा कान्स फेस्टिभलमा

काठमाडौं । साम्तेन भुटिया निर्देशित नेपाली भाषाको फिल्म ‘तारा’ सोमबार विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको मार्केटिङ सत्रमा वर्ल्ड प्रिमियर हुँदैछ । उक्त प्रदर्शनमा अभिनेत्री श्यामाश्री शेर्पा सहभागी हुँदैछिन् ।

उक्त फिल्म कान्सको ‘मार्चे दु फिल्म’ खण्डमा स्क्रिनिङ हुन लागेको हो । फिल्मको प्रदर्शनपछि अन्तर्राष्ट्रिय वितरकले सम्भावित लगानीबारे छलफल गर्नेछन् । ‘स्क्रिनिङअघि नै केही वितरकले चासो दिएका छन्,’ निर्देशक भुटियाले अनलाइनखबरसँग भने, ‘थप कुरा स्क्रिनिङपछि टुंगो लाग्ला ।’

यो फिल्ममा श्यामाश्रीको शीर्ष भूमिका छ । यसबाहेक लुनिभा तुलाधर पनि यसमा छिन् । श्यामाश्री यतिबेला कान्समा सहभागी छिन् । उनी फर्किएपछि थिएट्रिकल रिलिजको लागि निर्देशक भुटियासहितको टोली नेपाल आउने तयारीमा छ । सम्भवतः अगस्टमा यसको नेपाल रिलिज तय हुने जनाइएको छ ।

गत साता नै फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भइसकेको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले यो फिचर फिल्मको सफलताका लागि बधाई तथा शुभकामना दिएका छन् ।

यस वर्षको ७७ औं कान्स फिल्म फेस्टिभल मे २५ सम्म फ्रान्समा चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?