+
+

कान्समा ‘एनोरा’ले जित्यो पाम दे ओर, भारतीय फिल्मलाई दुई अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते ११:४०
निर्देशक सिन बेकर आफ्नो फिल्मले शीर्ष पुरस्कार पाम दे ओर जितेपछि

काठमाडौं । अमेरिकी निर्देशक सिन बेकर निर्देशित फिल्म ‘एनोरा’ले कान्स फिल्म फेस्टिभलको शीर्ष पुरस्कार पाम दे ओर जितेको छ । टिरेन्स मल्लिकले सन् २०११ मा ‘द ट्री अफ लाइफ’ले पुरस्कार जितेपछि अमेरिकी निर्देशकले यो पुरस्कार प्राप्त गरेको यो पहिलोपटक हो ।

यो फिल्मले विदेशी नर्तक (माईकी म्याडिसन) र रुसी धनाढ्यको अश्लील छोरो (मार्क आइडेलेस्टेन)बीचको रोमान्टिक सम्बन्धको कथा भन्छ । ‘द फ्लोरिडा प्रोजेक्ट’ र ‘रेड रकेट’पछि कान्समा छनोट हुने यो बेकरको तेस्रो फिल्म हो ।

उनले दुईपटक पाम दे ओर जितेका निर्देशक फ्रान्सेस डे कोप्पेलाको हातबाट पुरस्कार ग्रहण गरे । तर कोप्पेलको फिल्म ‘मेगानोपोलिस’ यसपटक रित्तै हात घर फर्कियो ।

कोप्पेलाले हलिउड निर्देशक जर्ज लुकासलाई पनि कान्स समापन समारोहमा मानार्थ पाम दे ओर प्रदान गरे । उनले लुकासलाई आफ्नै भाइको रुपमा बोलाउने गरेका छन् ।

फ्रान्सिस कोपोल्लाको हातबाट मानार्थ पाम दे ओर प्राप्त गरेपछि हलिउड निर्देशक जर्ज लुकास

निर्देशक बेकरले प्रेरणादायी फिल्म बनाउनुपर्ने कुरामा जोड दिंदै आफ्नो अवार्ड विगत, वर्तमान र भविष्यका यौनकर्मीप्रति समर्पित हुने बताए ।

फेस्टिभलको दोस्रो ठूलो अवार्ड भारतीय निर्देशक पायल कपाडियोको फिल्म ‘अल वी इम्याजिन एज अ लाइट’ले जित्यो । यो फिल्म कान्सको प्रतिस्पर्धामा छनोट हुने ३० वर्षपछिको पहिलो फिल्म थियो ।

भारतीय फिल्मले अवार्ड जितेपछि डिम्पल कपाडियासहितका कलाकार

यो फिल्मले विभिन्न उमेर र वर्गका तीन मुम्बईका महिलाको सम्बन्धको कथा भन्छ । नेपालमा छायांकन भएको भारतीय फिल्म ‘द सेमलेस’की अभिनेत्री अनुसुया सेनगुप्ताले ‘अन सर्टेन रिगार्ड’ विधामा पर्फमेन्स अवार्ड प्राप्त गरेकी छन् ।

यस्तो छ मुख्य प्रतिस्पर्धाको विजेता सूची

पाम दे ओर – एनोरा, सिन बेकर

ग्रान्ड प्रिक्स – अल वी इम्याजिन एज लाइट, डिम्पल कपाडिया

निर्देशक – मिगुएल गोम्स, ग्रान्ड टुर

अभिनेता – जेसी प्लेमन्स, काइन्ड अफ काइन्डनेस

अभिनेत्री – एमेलिया पेरेज

जुरी प्राइज – एमेलिया प्राइज

पटकथा – कोराली फार्गिट, द सब्सटेन्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?